सियारी । रुपन्देहीको सियारी गाउँपालिकाले गाईपालन गर्ने किसानलाई प्रोत्सहन कार्यक्रम सञ्चाल गरेको छ । गोठ सुधार तथा बाच्छी हुर्काउँने कार्यक्रम सञ्चालन गरी कृषकलाई आत्मार्निभर बनाउन विभिन्न कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।
गाई उत्पादन तथा दुधमा पालिकालाई आत्मानिर्भर बनाउन सियारीले नीति नै बनाएर कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालान गरिएको गाउँपालिकाले जनाएको छ ।
लुम्बिनी प्रदेशको स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएदेखि अहिलेसम्म किसानलाई फाइदा पुग्ने गरि कार्यक्रम गरिरहेको गाउँपालिकाको दाबी छ । गाई हुर्काउनका लागि कृषकहरुलाई नयाँ प्रविधि सीप प्रधान गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । ‘हामीले नयाँ प्रविधिबाट अहिले स्वाच्छ दुध उत्पादनका लागि मिल्किंग मेसिनको प्रयोगबाट दुध दुहुने कार्य, जनावरलाई सहज बसाईको लागि काउम्याटको प्रयोग, सिंचाईको लागि पम्पसेटको व्यवस्था, गाईलाई खुवाउने दाना, सरसफाईका लागि क्लिनरको प्रयोग जस्ता कार्यलाई जोड दिएका छौं, त्यसका लागि विभिन्न यन्त्रहरु वितरण गरेका छौं र किसानहरुका गोठ सुधार गरेका छौं ।’–सियारी अध्यक्ष चौधरीले भने । कार्यक्रमले कृषकहरुलाई व्यवासयी बनाउन मद्दत पुग्ने उनको अपेक्षा छ । कार्यक्रम सञ्चालनका लागि आफूले पनि सक्दो सहयोग गरेको लुम्बिनी प्रदेशका संसद तुल्सी प्रसाद चौधरीको बताए ।
गाईपालन गर्ने किसानका लागि अहिले सम्म १२ वटा साना सिचाँई निर्माण गरिएको, २० ओटा पानी खुवाउने मोटर वितरण, ७ वटा साईलो पिट निर्माण, मिल्ंिकग मेसिन १२ वटा वितरण, काउम्याट ४२, प्रेसर पम्प १० ओटा वितरण गरिएको र गाउँपालिकामा कृषि सुचना केन्द्र स्थापना लगाएतका काम गरिएको प्रशासकीय प्रमुख मिनप्रसाद भट्टाराईले जानकारी दिए ।
प्रतिक्रिया