ताजा अपडेट »

भैरहवामा ८९ रुपैँयामा पिज्जा, ९८ मा बर्गर

सोमबार, २२ मंसिर २०७७
2 Shares

भैरहवा । पिज्जाका पारखिले अन्तरास्ट्रिय स्तरको स्वाद अब भैरहवामै ८९ रुपैयामा लिन पाउने भएका छन् । अन्तर्राष्ट्रिय ब्रान्ड युएस पिज्जा एण्ड फ्राइड चिकन (युएसपिएफसी) को नेपालमै पहिलो पटक भैरहवामा खुलेको छ । मैत्रीपथ भैरहवामा युवा ब्यवसायी पंकज जयसवालले विश्वस्तरीय ब्राण्ड पहिलो पटक नेपाल भित्र्याएका हुन् । इटालियन र अमेरिकी स्वादमा पिज्जा, बर्गर, फ्राइड चिकन, स्याण्ड्वििच, बिरियानी, पास्ता लगायतको खाने परिकार उपलब्ध रहेको सन्चालक जयसवालले बताए ।

स्थानीयलाई अन्तर्राष्ट्रिय स्तरको स्वाद दिन न्यूनतम मुल्यमा खाने परिकार उपलब्ध गराउने उनले बताए । ‘८९ रुपैयामा पिज्जा, ९८ रुपैयामा बर्गर उपलब्ध गराउदै छौ ।’-जयसवालले भने । मंसिर १५ गतेदेखि सुरु भएको साकाहारी र मांसाहारी दुबै किसिमको परिकारहरु छिटो र सुलभ मुल्यमा उपलब्ध गराउने सञ्चालकले बताए ।

करिब ५० लाखको लागतमा सुरु भएको व्यवसायमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । निकट भविष्यमा सञ्चालानमा आउन लागेको अन्तर्राष्ट्रिय बिमानस्थलले भैरहवामा आउने पर्यटकलाई लक्षित गरि व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालकको भनाई छ । विदेशी पाहुनालाई उनीहरुकै देशको स्वाद भैरहवामै दिने प्रयास गरिएको सञ्चालक पंकज जयसवालले बताए ।

https://www.globalaawaj.com/archives/67609