ताजा अपडेट »

कृषि पत्रिका र अनलाइनको शुभारम्भ

मंगलबार, १९ चैत्र २०७५


सरकार र किसान बीचको दूरी घटाउन कृषि मन्त्रीको आग्रह


चैत १८,
ग्लोबल आवाज
बुटवल । कृषि पत्रकार समाज प्रदेश ५ र जिल्ला शाखा रुपन्देहीले कृषि क्षेत्रको विशिष्टकृत पत्रिकाको रुपमा कृषि पत्र पाक्षिक खबर पत्रिका र डिजिटल अनलाईन कृषि पत्र डट कम शुभारम्भ गरेको छ । सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ की भूूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पत्रिकाको विमोचन र अनलाइनको शुभारम्भ गरेकी हुन् । सो अवसरमा कृषि मन्त्री पौडेलले प्रदेशका सबै स्थानीय तह, वडाहरुमा पत्रिका पु¥याउनको लागि आग्रह गर्दै सरकारका नीति तथा योजना किसान समक्ष र किसानका गतिविधि सरकार समक्ष पु¥याउन पत्रिकाले महत्वपूर्ण भूमिका खेल्नुुपर्ने बताइन् ।


कृषि क्षेत्रमा अथाह संभावना भएको भएपनि एक प्रकारको जागरुक अझै आउन नसकेको भन्दै मन्त्री पौडेलले किसानको जागरणको लागि पनि यस्तो प्रकृतिको पत्रिका र अनलाइन डिजिटल संस्करणहरुको खाँचो रहेको बताइन् । कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का कार्यवाहक अध्यक्ष भरत के.सी.ले सरकारी नीति नियमको अनविज्ञताको कारण पछाडी परेका किसानहरुलाई जागरण गर्ने अभियानमा कृषि पत्र सक्रिय हुुनुपर्ने धारणा राखेका थिए ।


कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव योजना तथा अनुुगमन महाशाखा प्रमुख विनोद घिमिरेले कृषि पत्र नीति निर्माण गर्ने निकायदेखि साना किसानहरुको सारथी बन्ने सक्नुपर्ने बताएका थिए । यस्तै मुख्य मन्त्री तथा मन्त्री परिष्दको कार्यालयका प्रेस सल्लाहकार, नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा सल्लाहकार शेर बहादुर केसीले कृषि पत्रले सामान्य दैनिक हुने गरेका कार्यक्रमहरु भन्दा पनि किसानको वास्तविक समस्या, उनीहरुको आवाज, प्रविधिका कुरा, किसानको आवश्यकतको विषयमा बोल्नुपर्ने सुझाव राखे ।


नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले प्रविधि, विउ विजन, किसानका विभिन्न समस्याको विषयमा उजागर गर्ने खालको समाचार आउनको लागि आग्रह गरेका थिए ।
कृषि पत्रकार समाज प्रदेश ५ का उपाध्यक्ष अस्मीना पाण्डे(मिना)को स्वागत, सह सचिव विकास पराजुलीको सञ्चालनमा भएको कार्यक्रमामा भूूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ता कार्की, पशुपक्षि तथा मत्सय विकास निर्देशानलय प्रमुख डा. युगोलकिसोर तिवारी , किसान लगाएतको सहभागिता रहेको थियो । शुुभारम्भको अवसरमा बोल्दै कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालले कृषि पत्रलाई हाल पाक्षिक रुपमा प्रकाशन गर्ने निकट भविष्यमा साप्ताहिकको रुपमा अगाडी बढाउने लक्ष्य रहेको बताउँदै सबैको सहयोगको अपेक्षा रहेको बताए ।