ताजा अपडेट »

कोइला खानी उत्खनन्ले गाउँ नै जोखिममा

आइतबार, ०३ चैत्र २०७५

चैत्र ०३,
पाल्पा । माथागढी गाउँपालिका अन्र्तगतका झडेवा, देवीनगर, जल्पा लगायतका गाउ“मा ठेकेदारको अव्यवस्थित कोइला खानी उत्खनन्ले स्थानीय बासी आक्रोसीत भएका छन । विगतका वर्षमा कोइला निकालेका सुरुङ क्षेत्रमा पहिरो जाने, सुरुङ पुरिने, लगाएको खेती नहुने र अन्न स्याहार्न नपाउनेजस्ता समस्या भएको उनीहरुको गुनासो छ ।

कोइलाखानी उत्खननकै कारण थपनडाँडा, मुन्टुङ, काफलडाँडा, मर्सीडाँडा, उड्डाडा, सिमल्दी, चिर्तुङ साथै झडेवाको देवगीर, मकले, पिपलडाँडा, जल्पाका विभिन्न स्थानमा सय बढी पहिरो खसेको छ । पछिल्लो समय पिपलडाँडा, मकले लगायतका स्थानमा निकालेको कोइलाबाट प्रभावित हुने भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका छन् । उनीहरुले स्थानीयलाई थाहै नदिई कोइला उत्खनन सुरु गरेको भन्दै आपत्ति जनाएका छन् । पाल्पाको झडेवा, देवीनगर, जल्पा लगायतका गाउमा अव्यवस्थित कोइला खानी उत्खनन् नरोकिएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

१२ वर्षयता कोइला निकालेको सुरुङ क्षेत्रमा पहिरो जाने, सुरुङ पुरिने, लगाएको खेतबारीमा अन्नपात नहुने भएपछि उत्खननलाई व्यवस्थित गरेर मात्र निकासी गर्न स्थानीयले माग गरेका छन् ।
पछिल्लो समय पिपलडाँडा, मकले लगायतका स्थानमा उत्खनन गरेको कोइलाबाट प्रभावित स्थानीय बासिन्दा आफ्ना माग पूरा नगरेको गुनासो गरेका छन् । स्थानीयलाई समन्वय नै नगरी कोइला उत्खनन गर्दा छिमेकी गाउ“मा जस्तै अवस्था आउने भन्दै क्षति न्यूनिकरणको उपाय अपनाउन माग गरेका छन् ।
कोइला उत्खनन गरेको क्षेत्रभन्दा तल्लो भेगमा रहेका खेतबारीमा समेत असर परेको स्थानीयको गुनासो छ । पाल्पा कोल प्रालि र त्रिवेणी कोल प्रालिका साथै महालक्ष्मी कोल प्रालिले १० वर्षका लागि उत्खनन अनुमति पाएको छ । प्रक्रिया पु¥याएर कोइला उत्खनन गरेको ती कम्पनीले जनाएका छन् । पाल्पा कोल प्रा.लि. र त्रिवेणी कोल प्रालिले झडेवा, देवीनगर र जल्पा यसअघि नै जथाभावी उत्खनन गरेको थियो । गतवर्षदेखि महालक्ष्मीले झडेवाका विभिन्न स्थानमा कोइला निकाल्न सुरु गरेको छ । उसले जंगलभरि कोइला खनेर थुपारेको छ । प्रारम्भिक वातावरणीय अध्ययन भएपनि त्यसको पालना नै नगरी जथाभावी रुपमा सुरुङ बनाई पत्थरकोइला उत्खनन् गरेपछि स्थानीय पीडित भएका हुन् ।