ताजा अपडेट »

यो निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजान्छ : एमाले उपाध्यक्ष पौडेल

आइतबार, ०४ मंसिर २०७९
1 Shares

बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले अहिलेको निर्वाचनले मुलुकलाई स्थायीत्वतर्फ लैजाने दाबी गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको  मतदान केन्द्रबाट मतदान गरेपछि पौडेलले यो निर्वाचनले मुलुकलाई समृद्धितर्फ लैजाने बताए ।

सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया जनाउँदै पौडेलले भने-'विगतका तीता मिठा कुराहरुलाई बिर्साउँदै मुलुकलाई समृद्धितर्फको बाटोमा लैजान यो निर्वाचनले सघाउछ ।' बिहान साढे १० बजे पौडेलले आफैले आफैलाई मतदान गरेका हुन ।  रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको उम्मेदवार नहुँदा गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सघाएको छ । यो मतदान केन्द्रमा ५ हजार ६०० मतदाता रहेका मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए । रुपन्देही २ मा पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने बताइएको छ ।