गुल्मी जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र हरेक सौन्र्दयले भरिपूर्ण छ । रेसुुङ्गा गुल्मीको प्रयावाची नै मानिन्छ । जिल्ला सदरमुकाम तम्घासलाई काखैमा राखेर आफूू शिरमा रहेको रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । गुल्मी आउने नव आगन्तुकले घुम्ने अवलोकन गर्ने गौरवशाली धार्मिक पुण्य भूमि हो रेसुङ्गा । धार्मिक,ऐतिहासिक र पर्यटकिय महत्वले भरिपूर्ण रेसुङ्गाको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने एउटा किताब बन्छ । यहाँ पंक्तिकारले रेसुङ्गामा पुग्नै पर्ने कारणहरुको समग्र पक्षलाई संक्षेपमा उल्लेख गरेकी छन् । रेसुङ्गाको महत्व कति भन्ने लेखेका शब्दले मात्रै होइन त्यहाँ पुग्नेहरुले गर्ने अनéव र बयानले पनि सार्थक पार्दछ । सधै उच्च शिरका रुपमा निलो बादललाई चुुम्न प्रयासरत रेसङ्गुाको शिरले गुल्मीलाई उच्च स्थानमा राख्दै आएको छ । चाँदीको घेरामा (बादलको) घेरिएको रेसुुङ्गा धार्मिक ,टे«किङ्ग, सौन्दर्य सबै दृष्टिकोणले लाखौं पर्यटकका लागि आकर्षण तथा गन्तव्य बन्न सक्छ ।
रेसङ्गुाले गुल्मी र गुल्मेलीलाई चिनाएको छ । यो पवित्र र सुन्दर स्थान स्वर्गको एक टुक्रा रेसुङ्गा गुल्मीको मात्र नभई समग्र देशको गौरव हो । रेसुङ्गा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता पनि रहि आएको छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा लिइन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेट सवारी साधनको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।
केही वर्षयता रेसुङ्गामा सवारीका साधन जान थालेका छन् । तर, गाडिको यात्रामा पुरै रेसुङ्गासम्म पुग्न सकिदैन् । रेसुङ्गा क्षेत्रको पर्यटकीय सौन्र्दयलाई जोगाउन पोखरीसम्म सवारी साधनमा पुग्न सकिन्छ भने करिब २० मिनेटको उकालो पैदल यात्रापछि मुख्य गन्तव्य स्थलमा पुगिन्छ । माथी चुचरो पुगेपछि जो कोही स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरु र वरिपरिको मनोरम दृष्य हेर्दै रमाउछन् । यहाँ रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङ्गजा, अर्घाखाँची र बाग्लुङ जिल्लाको विभिन्न ऐतिहासिक दृश्य अवलोकन गर्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छ«े जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार–प्रसार गर्न ऐतिहासिक तपोभूूमी रेसुङ्गामा बेला–बेलामा लाग्ने मेलाले यसको गरिमा बढाउँछ । सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजा–आजा हुने गर्नाले रेसुङ्गाको गरिमा बढ्दो छ।
यहाँ साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा स्नान गर्नाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ । रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि गरिएको छ । रेसङ्गुा,सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहेको छ ।
ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेद पुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।रेसुङ्गामा धेरै महर्षीहरुको तपस्यापछि २०४१ सालमा योगी नरहरिनाथको आगमनसँगै धेरै महत्व बाहिर आएको बताइन्छ । नरहरिनाथले १ महिनासम्म होम गरेर यसको गरिमालाई माथी ल्याउनु बिशेष भुमिका रहेको उल्लेख छ । उनले यस क्षेत्रको लागि ३६ हजार पैसा र २१ वटा गाई छोडेर गएसँगै गौशाला र रेसुङ्गामा विशेष रुपमा निरन्तर पूजाहुँदै आएको बताइन्छ । हाल निरन्तर पूजा हुँदै आएको छ । रेसुङ्गाको साच्चिकै महत्व मात्रै उल्लेख गर्ने हो भने धेरै लामो इतिहास बन्छ । रेसुङ्गामा बिभिन्न मनमोहक मन्दिरहरु रहि आएका छन् । रेसुङ्गामा राढाकालमा धेरै राजाहरुले पनि राज्यको निम्ति बिभिन्न कामहरु गर्न लगाएको जस्ता भनाईहरु सुन्नमा आउछन् । रेसुङ्गा साच्चिकै आन्नदित छ यहाँ फुलले होइन ढुंङ्ग माटोले पनि बासना छरेको छ । यहाँ विभिन्न बोटहरुले यस क्षेत्रको बुट्टा भरेको छ त्यसैले त यहाँ पुग्ने भन्छन् ‘यो हामीले नदेखेको स्वर्ग हो जुन यस्तै आनन्दित हुनेछ ।’
३१ सय हेक्टरमा फैलिएको रेसुङ्गा वन क्षेत्रमा ठूलो जंगल जसले यस क्षेत्रको प्रकृतिक सौन्र्दयता बोकेको छ । १ सयबढी खानेपानीका मुहानहरु रहेको रेसुङ्गामा धेरै प्रजातिका चराहरु, उत्तिकै प्रजातिका अरू बन्य जन्तुहरु, बहुमुल्य जातका जडिबुुटीले भरिएको रेसुङ्गा हेर्दा घुम्दा मनै आनन्दित बन्छ । तनावले भरिएर पुग्ने जो कोही रेसुङ्गाको सुन्दरताले मनै लोभिएर फर्किेने गर्दछन् । हाल नगर र गाउँपालिकाहरुमा स्वच्छ पिउने पानी पु¥याएको रेसुङ्गाको गरिमा महत्व हिजो पनि उत्तिकै थियो र आज पनि उत्तिकै रहिआएको छ । सधंै बादलको घुम्टो ओडेर बसेको रेसुङ्गा काखैमा तम्घास बजार हुनुले यसको शिर अझ माथी रहेको छ । यसको अझ बढि प्रचार–प्रसार गर्न सकेमा यहाँ आन्तरिक तथा वाह्रय पर्यटकहरु भित्रिने अथाह सम्भावना छ ।
रेसुङ्गाको महत्वलाई अझ बढाउन यस क्षेत्रको बाटोसँगै विकास निर्माणको पक्षलाई विशेष ध्यान दिनुपर्ने छ । रेसुङ्गा नामले मात्रै होइन प्राकृतिक सौन्र्दयले पनि भरिपूर्ण छ । रेसुङ्गा नामले धेरै संघ–संस्थाहरु जोडिएका छन् । त्यति मात्र होइन रेसङ्गुालाई जोडेर धेरै गीत–संगीत रेसुङ्गासँगै रहेको गौशालामा योगी नरहरि नाथले हवन गरेर छोडेका गाइलाई व्यवस्थित रुपमा पाल्नको लागि २०४२ सालदेखि गाइहरु पाल्न थालिएको हो । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घासबासी र छिमेकी गाउँपालिकाबाट मानिसहरुले ति गाइको रेखदेख गर्ने गरेका छन् । बेला बखतमा बिभिन्न पर्व तिथि पारेर ती गाई–गोरुलाई घाँस तथा नुन तेलहरु पनि यस क्षेत्रका स्थानीयले उठाउने गरेका पनि छन् ।
हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । गाईको गहुँतलाई शुद्ध मानेर पूूजा–आजामा प्रयोग गरिने हुनाले पनि गाइको महत्व धेरै रहेको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पूूरा गर्न भन्दै गाईदान गरेर छोड्ने प्रचलन पनि छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाइहरु पालिदै आएको छ । यसले पनि रेसुङ्गा क्षेत्रको गरिमालाई उचो बनाएको छ । गौशालामा पालिएका स्थानीय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिएका छन् । रेसुङ्गा आफैमा पुण्य भूमि भएपनि यसलाई थप महत्व बुझाउनको निम्ति यस क्षेत्रमा केही विकासका कामहरु पूूरा गर्नु पर्ने हुन्छ । जिल्ला बाहिर पनि रेसुङ्गाको ब्यापक प्रचार–प्रसारको आवश्यकता छ । सरकारले हालै देशका विभिन्न स्थानलाई नयाँ पर्यटकीय क्षेत्र घोषणा गरेको छ । यसको अर्थ पर्यटनको सम्भावना र यसका प्रभावबारे महत्व बढ्दै गएको छ । यस अवस्थामा पर्यटकीय गन्तव्य बन्नसक्ने रेसुुङ्गमा स्थानीय बासिन्दा ,जनप्रतिनिधि , तह , प्रदेश सरकार , संघीय सरकार लगाएत सबै सरकारले रेसङ्गुाको गरिमा महत्व र सम्भावानलाई उजागर गर्दै लाखौं पर्यटनको केन्द्र बनाउन आवश्यक छ ।
प्रतिक्रिया