माघ २५,
ग्लोबल आवाज
पाल्पा । पाल्पाको तिनाउ गाउँपालीका वडा नम्बर ५ कोलडाँडामा ३ दिने बेमौसमी तरकारी खेति सम्बन्धी तालिम सम्पन्न भएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तय संस्था लिमीटेड शाखा कार्यलय तेल्घाको आर्थिक सहयोग तथा तिनाउ गाउँपालिका कृषी शाखाको प्रावीधीक सहयोगमा सञ्चालन गरीएको उक्त तालीममा ३५ जना किसानहरुको सहभागीता रहेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालीका अध्यक्ष ओम बहादुर घर्ती मगरले तानसेन र बुटबल बजारको बिचमा पर्ने कोलडाँडा र मस्याम क्षेत्रका जनताले बेमौसमी तरकारी खेती गरेर आएआर्जनमा वृदी गर्नुपर्ने बताए । कार्यक्रमा वडा अध्यक्ष दल बहादुर दर्लामी, लघुवित्तका शाखा प्रमुख सुमन कुमार खड्का, मेरो माइक्रोफाइनान्स लघुवित्तका केन्द्रिय प्रतिनिधी इश्वर आचार्य लगाएतले बेमौसमी तरकारी खेती गरेर किसानहरुले मनग्य फाइदा लिनुपर्ने बताए । कृषी प्राविधिक हेमन्त कुमार शर्मा र किसोर रावलले तालिमको सहजिकरण गरेका थिए । शाखा प्रमुख सुमन कुमार खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन किसोर रावलले गरेका थिए ।
प्रतिक्रिया