बुटवल । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएई विरुद्ध ब्याटिङ गर्दै छ। टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई खेलाउने निर्णय लिएको छ । ललितको युएईविरुद्ध पछिल्लो समय प्रदर्शन राम्रो छ । सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनर हुन् ।
नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो । नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ । युएई नेपाललाई फाइनलमा हराउने सोचमा हुनेछ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।
प्रतिक्रिया