ताजा अपडेट »

टि २० आई सिरिजमा नेपालमा र हङकङ भिड्दै

विहीबार, ०२ कार्तिक २०८०
2 Shares

बुटवल । घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज हङकङसँग खेल्दैछ । खेल विहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

२०२० पछि नेपालले हङकङसँग खेल्दैछ । पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ । तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ । अंशुमन रथ, बाबर हायत र निजाकत खान हङकङका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

बाबर नेपाललाई घातक बन्न सक्छन् । नेपाली फ्रेन्चाइज लिगमा उनको राम्रो अनुभव छ । गत वैशाखमा हङकङ एसिसी प्रिमियर कपमा नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सकेको थिएन । बाबर हायतले मुलपानीमा एसिसी प्रिमियर कपमा शतक पनि हानेका थिए । यासिम मुर्तजा, जिशान अली र स्कट म्याकेन्ची हुन् । स्कटसँग काउन्टीको राम्रो अनुभव छ ।

ङकङको बलिङ आक्रामण भने मजबुत छ । नसरुला राना, आयुश शुक्ला र हरुन अर्शद तीव्र गतिका बलर हुन् । रानाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । स्पिनर एहसान खान प्रमुख हतियार हुन् । यता नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । उनीबाट नेपाल ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन चाहन्छ । कुशल मल्ल चलेको खण्डमा सहजै जित दिलाउन सक्छन् ।

हङकङको टोली : निजाकत खान९कप्तान०, अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि।सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।