ताजा अपडेट »

अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन

सोमबार, ०८ असोज २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् । 

सडक व्यापारीको पक्षमा केही दिनदेखि अभियन्ता भनिने ईःसहित केही व्यक्ति सभागृहअघि उभिएर धर्ना दिइरहेका छन् । उनीहरुसँग आन्दोलनको विषय र समस्याको बारेमा जानकारी लिन बोलाउँदा संवादमा नआएको बालेनकाे भनाइ छ । मेयर बालेनले सोमबार सामाजिक सञ्जालमा लेख्दै वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ? भन्दै प्रश्नसमेत गरेका छन् । 

शाहले सामाजिक सञ्जालमा लेखेका छन् ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू  उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र  समस्या सुनौँ  भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ  । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’ 

साे धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंकासमेत उनले गरेका छन् ।