कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४...
काठमाडौं । बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख...
रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज रोल्पा पुगेका छन्। रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि उनी आज बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीय बासीसँग भेटघाट गरी...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।
काठमाडौं । सरकारले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय...
काठमाडौं । कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ । पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएलगत्तै बालुवाटार पुगेर सभापति लामिछानेले पीडितले तत्काल भोगेका समस्या र थप
काठमााडौँ । सन् २०२३ मा विश्वमा आउने भयंकर गर्मी र गर्मीको लहरले सन् २०२३ जलवायु परिवर्तनको रेकर्डमा 'सबैभन्दा तातो वर्ष' हुने कुरा लगभग निश्चित गरिसकेको छ। अक्टोबरमा असाधारण तातो तापक्रमले पनि यो अनुमानलाई पुष्टि गर्छ।...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितहरुको अल्पकालीन र दीर्घकालीन आवश्यकताबारे सरकारसँग कुरा गर्ने बताएका छन् ।भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाजरकोट पुगेका राष्ट्रपति पौडेलले आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले...
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई २१ बुँदे सुझाव दिएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे २१ बुँदे सुझावुसहित...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रुपैयाँको चेक बुझाएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप...
काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसले गाजामाथिको बर्बरता रोक्न माग गरेका छन्। उनले इजरायलले जारी राखेको आक्रमणले ठूलो संख्यामा निर्दोश मानिसहरु मरिरहेको भन्दै गाजालाई बर्बता र भयावह विध्वंशबाट बाहिर निकाल्न आह्वान गरे। न्यूयोर्कमा...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पपीडितका लागि २५ लाख दिने भएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिए । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस...
काठमाडौं। तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् । दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री बितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका छन् । आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो...
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार...
काठमाडौं । कोशी प्रदेश सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ।...
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् ।विभिन्न माध्यमबाट विवादस्पद अभिव्यक्ति दिएपछि उनी आइतबार साइबर ब्यूरोमा उपस्थित भएका हुन् । प्रसाईंले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् मारवाडी समुदायको चरित्र हत्या गरेको...
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि...
काठमाडौं । जाजरकोट भूकम्पपछि बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । आज बिहान बसेको उद्धार, राहत केन्द्रित बैठकमा तत्काल मृतकका परिवारलाई २ लाखका दरले राहतस्वरूप उपलब्ध गराउने, घाइतेको नि:शुल्क उपचार...
काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलाे उपचार भएपनि नि:शुल्क हुने बताए । यस्तै बैठकमा भूकम्प प्रभावित...
काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो । योसँगै १८ वर्ष उमेर पुगेका...
बुटवल । बुटवलस्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले स्थापनाको २५औं वार्षिकोत्सव मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित वार्षिकोत्सव समारोहमा २ सय शैयाको अस्पताल भवन, पुस्तकालय भवनको शिलान्यास, शैक्षिक कार्यक्रमको उद्घाटन र...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा जनप्रतिनिधिले उठाएको आवाज समेत सरकारले नसुनेको र मन्त्रीहरुलाई सोधेको प्रश्नको जवाफ नपाएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले भने, ‘ध्यानाकर्षणका लागि हामीले...
काठमाडौं। मन्त्रिपरिषद्को बैठकले रिक्त दुई सचिवमा राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। मंगलबार नियमित बस्ने मन्त्रिपरिषदको बैठक बिहीबार बसेको थियो।...
काठमाडौं जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरि प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कदैछन्।उनी राति १० बजे काठमाडौं आइपुगेको नेपाली सेनाका सूचना अधिकारी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए। बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुन...
वासिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन् । मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री...
काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
काठमाडौं । अक्टोबर महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या...
काठमाडौं । नेकपा (एमाले)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ। दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आज दिउँसो सवा बाह्र बजेबाट पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम सुरु भएको हो। चियापानमा १२ः३० बजेदेखि पार्टीका...
घोडेपानी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग...