ताजा अपडेट »

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन : सहमतीमा नेतृत्व टुङ्गयाउन अध्यक्ष ओलीको निर्देशन

शनिबार, १६ भदौ २०८०
1 Shares

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंगाउन निर्देशन दिएका छन् । एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताएका छन् ।

‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरु प्रतिवद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उनले भने-‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुपर्यो ?’

यतिधेरै पदाधिकारी भएको प्रदेशका नेतृत्वको झिनाझाम्टी गर्न नपाइने बताउँदै उनले त्यही नै आमकार्यकर्ताको भनाइ र पार्टीको स्पष्ट दृष्टिकोण भएको उल्लेख गरे । ’ नेताहरुलाई निर्देशन दिँदै उनले भने- ‘तपाईहरु बस्नुस कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरु भएको अवस्थामा विवाद बाहिर आएको सुन्नुनपरोस् । यो पार्टीको क्लियर कुरा हो ।' सहमति गरेर नेतृत्व  टुङ्ग्याउन आग्रहरगर्दै उनले  भोलि आइतबार घोषणा गरेर आफू काठमाडौं फर्किने बताए । लुम्बिनीबाट सिंगो देशबासीलाई, पार्टी कमिटीलाई सन्देश दिनु पर्ने बताए ।