ताजा अपडेट »

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

बुधबार, २४ साउन २०८०

काठमाडौँ । नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको हो ।

काठमाडौँबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए ।