ताजा अपडेट »

दुई करोडको लगानीमा भैरहवामा दिव्यम स्वीट्स संचालनमा, राती ८ बजेपछि ३० प्रतिशत छुट

शनिबार, २० साउन २०८०

भैरहवा । मिठाइको लागि नामुद भैरहवामा अर्को मिस्ठान्न ब्यवसायीक संस्था संचालनमा आएको छ । भैरहवाको देवकोटा चोकमा दुई करोडको लगानीमा दिव्यम स्वीटस एण्ड स्न्याक्स सन्चालनमा आएको छ ।

जेठको अन्तिम साताबाट सन्चालनमा आएको दिब्यममा साउथ इन्डियन, नर्थ इन्डियन, विभिन्न चाट, चाइनिज परिकार, विभिन्न पेय पदार्थ, थरी थरिक मिठाई एवम खाना र खाजाका परिकार पाइने यसका प्रवन्ध निर्देशक श्याम सुन्दर अग्रवालले जानकारी दिए । ग्राहकले प्रत्यक्ष देख्न र हेर्नसक्ने गरी हरेक परिकार बनाइने गरि भान्छा कोठा तयार गरिएको अग्रवालले बताए ।

दिव्यम स्वीट्स एण्ड स्नयाक्समा बट्टाको तौल नलिई विशुद्ध मिठाई मात्रै तौलेर ग्राहकलाई उपलब्ध गराएको यसका प्रवन्धक अभिषेक अग्रवालले जानकारी दिए । ग्राहकले आफूले खाएको अथवा खरिद गरेको वस्तुको भ्याटबिल पाउने व्यवस्था रहेको उनले बताए । दिब्यममा रातीको ८ बजे देखि १० बजे सम्म छेना मिठाइहरुमा ३० प्रतिशत छुट र साउन महिनाभर सबै प्रकारका मिठाईमा १० प्रतिशत छुटको व्यवस्था रहेको अग्रवालले जानकारी दिए ।


मिठाइको हब रहेको भैरहवामा दिब्यमले फरक ब्राण्ड स्थापना गर्ने प्रवन्ध निर्देशक श्याम सुन्दर अग्रवालको भनाइ छ ।" भारतको सीमा नजिक रहेको हुदा भारतीय पर्यटकहरु लक्षित गरि मिठाई ल्याएका छौ," अग्रवालले भने " अहिले मोतिचूर र बूंदीको लड्डु एवम छेना जन्य मिठाइको माग बढदो रहेको छ ।" दिब्यमकी ब्राण्ड एम्बेसडर समेत रहेकी स्नेहलता रावतले रुपन्देही जिल्लाभर होमडेलिभरीको व्यवस्था रहेको बताइन ।