ताजा अपडेट »

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मंगलबार, २६ असार २०८०

काठमाडौँ । लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।

त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट नेपाली हुन्।