ताजा अपडेट »

सिद्धार्थ होटल संघ “सेल्स मिशन” को लागि श्रीलंकामा

सोमबार, ११ असार २०८०

भैरहवा । लुम्बिनीको पर्यटन विकास, बृहत्तर लुम्बिनीको प्रचार प्रसार एवम् पर्यटकको बसाई लम्बाउने उद्देश्यसहित सिद्धार्थ होटल संघ (शान) ले श्रीलंकामा सेल्स मिशन कार्यक्रम गर्ने भएको छ ।

मंगलबार श्रीलंका पुग्ने शानले त्यहा पर्यटन ब्यवसायी, राजनितिज्ञ, दूतावास लगायतका सरोकारवालासंग छलफल गरि श्रीलंकाबट लुम्बिनी तथा यससँग सम्बन्धित अन्य पर्यटकीय स्थलमा पर्यटकको आगमन बढाउने लक्ष्य राखेको छ ।कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आईतबार भैरहवामा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने लक्ष्यसहित संघले यो कार्यक्रम आयोजना गरेको बताए । उनले श्रीलंकाबाट भैरहवासम्मको सिधा हवाई उडानबारे पनि आग्रह गरिने जनाए । “लुम्बिनीमा तिर्थाटनको लागि सबै भन्दा बढी पर्यटक श्रीलंकाबाट आउने गरेका छन् ।” श्रेष्ठले भने “हामीले श्रीलंकाबाट भैरहवा सम्मको सोझो उडान थाल्न त्यहाँको उच्च पदस्थ राजनितिज्ञसंग छलफल चलाउने छौ ।”

सेल्स मिशन अन्तरगत श्रीलंकाको कोलम्बो, केण्डी लगायतका शहरमा बृहत्तर लुम्बिनीसंँग सम्बन्धित बृत्तक्षेत्र प्रदर्शनीको साथै ट्राभल ब्यवसायी एवम पर्यटन ब्यवसायीसँग छलफल एवम् बिटुबी गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक किशोर जोशीले बताए । उनले भ्रमणमा १७ जनाको सहभागीता रहेको जानकारी दिए । भ्रमण असार १२ गतेदेखि १७ गतेसम्म रहने उनले बताए ।