ताजा अपडेट »

नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेल ओमानसँग खेल्दै

विहीबार, ३२ जेठ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम वार्मअप खेल्न लागेको हो ।

आजको खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ । सो खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल यस अघिका तीन अभ्यास खेलमा लगातार पराजय भोगेको छ । जसअनुसार नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो भने त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पनि पराजित हुन पुगेको थियो ।