'अग्लो कद भएको उमेर अन्दाजी ६०/६५ वर्ष जस्तो देखिने ठूलो पावर वाला चस्मा लगाएको, टम्म भूँडी लागेको गौहुँ गोरो वर्णको । नाम टोपबहादुर रायमाझी भएको एउटा पाको मान्छे विगत एक हप्तादेखि अर्घाखाँचीबाट काठमाडौं जाँदै गर्दा बीच बाटोबाटै लाहापत्ता भएको हुँदा देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा बुझाई दिनु हुनको लागि आग्रह गर्दछु !' भन्दै गर्दा कसैलाई अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्ने स्थिति छैन। रायमाझी बीच बाटोबाटै कता पुगे कसैलाई अत्तोपत्तो छैन ! कसैले भैरहवाबाट भारततर्फ हानिए भन्छन् ! कसैले फोन अफ गरेर बालकोटमा रहेको केपी ओली घरभित्र बसेको छन् भन्छन् ! कसैले हिजो भूमिगत भएका मान्छे फेरि भूमिगत भएर जंगलतर्फ लागे ! यस्तै-यस्तै भनिरहेको सुनिन्छ। बिगत केही दिनयता सामाजिक सञ्जालदेखि मिडिया जताततै टोपबहादुरको साह्रै खोजि भैरहेको छ। यता नेपाल प्रहरी भने टोपबहादुर रायमाझीको अहिले भाइरल भएको मजुरा नाच हेरर बसेको छ आभाष भैरहेको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै अदालतले प्रकाउ पुर्जी जारी गरेका रायमाझी प्रहरीकै हातदेखि फरार भएका छन ! उनी फरार भएको आज एक हप्ता बितिसक्दा पनि नेपाल प्रहरी के हेरेर बसेको छ ? कसैलाई थाहाँ छैन। कुनै पनि केसमा आरोपित यदि आम नागरिक भएको भए म पुलिसलाई सहयोग गर्छु भन्दा पनि छुट नदिई । घरमै आएर पक्राउ गरी रातारात हिरासतमा पुर्याउन सक्ने ईतिहास बोकेको नेपाल प्रहरी भिआईपिलाई भने किन उन्मुक्ति दिन खोज्दछ नेपाल प्रहरी माथि एउटा गम्भीर प्रश्न तेर्सिएको छ।
अहिले नेपाली राजनीतिमा यो शरणार्थी काण्ड धेरै चर्चाको विषय बनेको छ। अहिलेको सरकारलाई यो काण्ड फलामको चिउरा चपाउनु सरह नहोला भन्न सकिदैन । सरकारले यो काण्डलाई टुंगोमा पुर्याउछ भन्नेमा शंका छाएको छ। सरकारले साच्चै तदारुकता देखाएर निष्पक्ष छानबिन गर्यो भने यो काण्डबाट धेरै भिभिआईपिहरुको जेलको बसाई सुनिश्चित जस्तै छ । हिजो पनि यस्ता किसिमका काण्ड कति आए कति गए त्यसैले गर्दा पनि यो सरकारले यो काण्डका भष्ट्राचारीहरूलाई कारबाही गर्ला र भन्नेमा धेरै जसो नेपाली विश्वस्त छैनन् ।
यो काण्डमा पुर्व गृहमन्त्री बालकृष्ण खाँण र पुर्व गृहसचिव टेक नारायण पाण्डे संगै टोपबहादुर रायमाझीका छोरा सहित आजसम्म १२ जनालाई प्रहरीले पक्राऊ गरेको छ। भन्छन् राजनितिक विश्लेषक हरू पक्राउ भएका त सानो माछा हुन तर असली ठुला माछा त अर्कै छन तिनिहरुलाई पक्राउ गर्नु पर्छ१ ति मध्यका एक ठुला माछा हुन सासंद टोपबहादुर रायमाझी र बालकृष्ण खाँण। यसैबाट पुष्टि हुन्छ यसमा ठुला मान्छे को हात छ भन्ने । पुर्व प्रधानमन्त्री देखि गृहमन्त्री हरू पनि यसमा तानिने परिस्थिति बनेको छ १ खैर त्यो अनुसन्धान ले देखाउला तर टोपबहादुर रायमाझी फरार हुनले यो काण्ड लाई झन सहज बनाईदिएको छ।
बलत्कार र भष्ट्राचार उस्तै उस्तै किसिमका गम्भीर किसिमका आरोप हुन । हिजो किर्केट र तात्कालिक राष्ट्रिय टोलीका कप्तान सन्दिप लामिछाने लाई विदेशमा किर्केट खेल्दै गर्दा बलत्कार को आरोप लाग्यो र आरोप लागेपछि उनलाई खेल पुरा गर्न नदिई इन्टरपोल लगाएर भएपनि सन्दिप लामिछाने लाई नेपाल मा ल्याएर पक्राउ गरियो तर भष्ट्राचार आरोप लागेका रायमाझीलाई पुलिसकै हातबाट नै उम्किन दिइयो यसमा गम्भीर षड्यन्त्र नहोला भन्न सकिदैन ।
टोपबहादुर र बालकृष्ण खाँण तानिएपछि कांग्रेस र एमालेमा पहिरो जाने वाला छ यि पार्टी भित्रका शिर्ष नेताहरु सशङ्कित भएका छन् । भन्छन् नि लहरो तान्दा पहरो हलिन्छ साच्चै त्यस्तै भएको देखिन्छ। एक पछि अर्को नेताहरु र तिनका पत्नी हरूको नाम जोडिदा यो लहरो काहाँ सम्म पुग्ने हो अनुमान गर्न नसकिने जस्तै भएको अवस्था छ।
सरकारले कुनै राजनैतिक सौदाबाजी गरेन भने टोपबहादुर जाहा पुगेपनि डिल्लीबजारको जेलमा नपुगी सुखै छैन । साच्चै नै यो कदममा सरकार पछि हटेन भने प्रचण्ड सरकार इतिहासको पानामा नाम पक्कै लेखिने छ र उनको पार्टी नेकपा माओवादीको अस्तित्व बच्ने छ प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीलाई सम्भवतः यो अन्तिम मौका पनि हुन सक्छ यो मौकालाई सदुपयोग गरी जनतामा गुमेको साखलाई जोगाउनु यो सुनौलो अवसर मिलेको छ।
धमाधम उच्च पदस्थ व्यक्तिको नाम शरणार्थी काण्डमा मुछिदा केपी ओली, प्रचण्ड, शेरबहादुर देउवाको भेटघाटमा तिब्रता आएको छ यसले गर्दा आम नागरिकमा आशंका बढ्दै गएको देखिन्छ। आम नागरिकको आँखामा छारो हालेको प्रपन्च पनि हुन सक्छ यो भन्ने जस्ता कुराहरू बाहिर आएका छन् । यस्ता भष्ट्राचारीका दर्जनौ काण्डहरू राजनीतिक दबाबका कारण ढाकछोप गरेको इतिहास छदै छ त्यसैले यो सरकारले कारबाही गर्ला र भन्नेमा प्रश्न खडा भएको छ ।
एक हप्ता अघि फारार भएका टोपबहादुर पछिल्लो समय बिरामी भएको खबर आएको छ यो भन्दा लज्जास्पद विषय के अरू होला ? टोपबहादुर भागेर काम छैन बरू जतिसक्दो छिटो आफूलाई प्रहरी सामु आत्मसमर्पण गरे हुन्छ। भागेर काहा जाउ कुन ठाउँ जाउँ प्रहरीले नसमाउने ठाउ नै हुँदैन एक दिन पक्कै प्रहरीले फन्दामा जसरी पनि पर्ने निश्चित छ । त्यसैले जतिसक्दो छिटो कानुनलाई सहयोग गरे त्यसैमा टोपबहादुरको भलो छ। यो जनयुद्ध होईन भूमिगत हुनलाई भूमिगत हुने बानी परेका टोपबहादुरलाई अब यो उपायले साथ दिने वाला छैन पक्कै ।
प्रतिक्रिया