जस्को साथमा जनता हुन्छन् उसलाई जति जालझेल घेराबन्दी गरी तल झार्न खोजेपनि उ एकदिन अवश्य माथि पुग्न सक्छ भन्ने छनक रवि लामिछाने ले देखाएका छन्।गत मंसिर ४ को आम निर्वाचन देखि वैशाख १० को उपनिर्वाचन बिचका घटित राजनैतिक घटनाक्रम लाई नियाल्दा मुलतः रवि लामिछाने कै सबैभन्दा धेरै चर्चा भएको देखियो, यो बिचमा उनी माथि जसरी चौतर्फी प्रहार र घेराबन्दी भयो सायद आजसम्म व्यक्तिगत रूपमा त्यसरी कसैले पनि ब्यहोर्नु परेको अवस्था थिएन होला! उनी माथि प्रहार नगर्ने आम सर्वसाधारण बाहेक अरू को नै भयो र उनकै शब्दमा १२ (भाई मिडिया) देखि राजनीतिज्ञ , कानुनका ज्ञाता, बुद्धिजीवी नागरिक समाज हिजो संगै काम गरेका सन्चारकर्मी हरूले त झनै खेद्नु सम्म खेदे, उनिहरुले यस्तो भाष्य सिर्जना गरे की यो देशमा रवि लामिछाने भन्दा ठूलो अपराधी अरू केही पनि छैनन् भन्ने किसिमको । अझ भनौ देश आज यो स्थिति मा पुग्नुको मुख्य दोषी रवि लामिछाने नै भन्ने किसिमको परिस्थिति सिर्जना गरे ।
भनिन्छ नि जसमा काम गर्ने लगनशीलता हुन्छ उस्ले दुख सुख को कुनै प्रवाह गर्दैन यो ठ्याक्कै रवि लामिछाने को जिवन संग मेल खान्छ साच्चै जो दृढ विश्वास र संकल्पका साथ यो देश र जनताको लागि केही गर्छु भनेर जो अगाडि बढ्न खोज्छ त्यसलाई हाम्रो नेपाली समाजमा काहाँ सजिलो छ र यस्तो किसिमको संस्कार नेपाली समाजमा पहिले देखिनै विद्यमान थियो। जो देशका लागि केही गर्छु भनेर अठोट बोकेका थिए हिजो कम्युनिष्ट नेता नेता मदन भण्डारीलाई मारियो, र राजा विरेन्द्रको वंशनाश नै गरियो यस्तो किसिमको संस्कार भएको हाम्रो नेपाली राजनीतिमा कसरी रवि लामिछाने लाई सहज होला र उनलाई सहज तरिकाले अगाडि बढ्न सके सम्म दिदैनन् जस्तो लाग्छ।
बिहानको उदाउँदो सूर्यले बेलुकाको अस्ताउँने सूर्यको प्रतिनिधित्व गर्दछ भन्ने चलन हाम्रो नेपाली समाजमा चलिआएको छ, । रवि लामिछाने पनि अहिले उदाउँदो सूर्य हुन उदाउने क्रममा लक्षण राम्रो नै देखाएका छन्, सायद भोलि के हुने त्यो ग्यारेन्टी का साथ भन्न सकिदैंन, तर एक किसिमको आँकलन गर्न चाहीँ अवश्य सकिन्छ हिजो सन्चारकर्मी हुँदा उनले खासगरी भुईमान्छे हरूको प्रतिनिधित्व गरे हिजो आम नागरिकका समस्या समाधान गर्ने काममा मध्यस्थकर्ताको रूपमा काम गरे, विदेशमा हराएका र अलपत्र परेका नेपाली दाजुभाई दिदी बहिनीहरु को उद्दार गरे, चेलीबेटी बेच्ने दलाल हरुलाई पुलिसको खोरमा पुर्याए , आफ्नै विद्यार्थीलाई बलत्कार गर्न खोज्ने शिक्षक लाई जेलको चिसो कुनामा पुर्याए, भष्ट्राचारी हरूलाई रंगेहात पक्राऊ गर्न पुलिसलाई मद्दत गरे। आम सर्वसाधारण लाई कसैले अप्ठ्यारो पार्न खोज्छ र थिचोमिचो पार्न खोज्छ भने उसको विरुद्ध मा आवाज उठाउन सक्ने हिम्मत र हौसला प्रदान गरे,। आम नागरिकका कुरा सुनिदिने प्लाटफोम तयार गरे ,कालिकोट जिल्लाको राजकोटमा उनकै पहलमा हस्पिटल सम्म बनाए जो हिजो सरकारले गर्न नसकेका कैयौं नागरिकका काम रवि लामिछाने ले गरेका थिए तिनै उनका तमाम् सत्कर्म ले गर्दा अरू पार्टीका नेता भन्दा रवि वास्तवमै फरक किसिमका छन , त्यसैले उनलाई सबैभन्दा बढी विश्वास गरेका हुन जनता ले, ! खासगरी जो निमुखा आवाज बिहीन जनता र लाखौं परदेशी भुईमान्छे हरूको मसिया हिजो रवि सन्चारकर्मी माध्यमबाट बनेको थिए भने ,अहिले नेतृत्व तहमै पुगेर आम नागरिक समस्या जरैदेखि निर्मूल पार्ने यात्रामा उनी लागेका छन।
रवि लामिछाने नेपाली राजनीतिको मानक भएर आएका छन् उनलाई जनताको यती साथ र समर्थन छ की विरोधी हरू ले जति विरोध गर्छन्, उनलाई जनताको साथ समर्थन र माया त्यति बढ्दो क्रममा छ ,त्यसको पुष्टि वैशाख १० को उपनिर्वाचन ले देखाएको छ । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी मत ल्याउने र सबैभन्दा धेरै मतान्तर ले जित्ने उम्मेदवार को रूपमा उनले आफ्नो रेकर्ड समेत राखेका छन्,। उनलाई त्यो भोट पनि यस्तो समयमा आयो कि सबै राजनैतिक दलहरू र सिङ्गो राज्यशक्ति उनी र उनको दलको विरुद्धमा लाग्दा पनि उनले जनताको माया यती धेरै पाए कि त्यसको कुनै मुल्य नै छैन,। भन्दा फगत गफ जस्तो लाग्न सक्छ कसैलाई तर महिले देखेको वास्तविकता रवि लामिछाने ले जस्तो जनताको माया महिले आजसम्म कुनैपनी राजनीतिक दलका नेता ले पाएको देखेको छैन, ! रवि लाई चितवनका जनताले देखाएको माया ले साच्चै आम सर्वसाधारण नागरिकका साच्चै आँखा रसाउछन् यत्ति धेरै माया र विश्वास पनि राजनीतिक दलका नेता ले पाउन सक्ने रहिछन् भन्ने नजिर रवि लामिछाने ले बसालेका छन्।
एकजना नेताले एउटा कार्यक्रममा भन्नुहुन्थ्यो आजभोलि कुनै नेता गाउँमा आउदा जनताले सम्मान गर्ने चलन हराईसक्यो बरू कुन चाहिं चोर आएछ भन्ने किसिमको भाष्य स्थापित भएको छ भनेर, ! हो साच्चै ति नेताले भनेको वास्तविक नै हो हाम्रो समाजको नेताहरु लाई सम्मान गर्ने चलन हराइसक्यो नेताहरु लाई चोर भष्ट्राचारी दलाल भन्ने हरूको भिड बढ्दै गएको अवस्था छ।केही दिन अगाडि केपी शर्मा ओली को आफ्नै गृह जिल्ला झापामा जाँदा उनि माथि आक्रमण गर्न खोजियो । वर्तमान सन्चार मन्त्री रेखा शर्मा लाई उनकै निर्वाचन क्षेत्र दाङमा उनी विरूद्ध युवाहरुले आक्रामक शैलिमा उत्रिए यस्ता नजिर हरू हेर्दा नेताहरुप्रति जनतासामु कुन हदसम्म घृणा छ भन्ने कुरा बुझिन्छ। यसको ठ्याक्कै बिपरीत भर्खरै उदाउँदै गरेका युवा नेता रवि लामिछाने प्रती जनताको आस भरोसा जनताको अथाहा माया छ! रवि त्यस्ता नेता बनेका छन् जस्लाई आसाको दियो बनाएर जनताले साच्चै पुजा गरेको स्थिति छ विशेष गरी चितवनको हकमा! ,तर उनलाई माया गर्ने र उनलाई समर्थन गर्ने त सिङ्गो नेपालका ९०% जनता उनको पक्षमा छन अहिलेको परिपेक्ष्यमा।
हिजो स्वतन्त्र पार्टी र रवि लामिछाने लाई सतही बिश्लेषण गर्ने ठुला भनिएका दलहरुका नेताहरुले उपनिर्वाचन पछि बल्ल स्वतन्त्र पार्टी र यो पार्टीका नेताहरु लाई गम्भीर रूपमा मनमा ल्याएको देख्न सकिन्छ। बहुदलीय व्यवस्था पछि यो ३० औ वर्ष सम्म पनि पुराना दलहरुले जनताको अवस्था परिवर्तनको निमित्त खासै काम गर्न सकेनन्! देशमा गरिबी बेथिति र भष्ट्राचार बढ्दै गयो यस्तो बिसम परिस्थितिले गर्दा पुराना दलहरु प्रती जनताको बितृष्णा व्यापक रूपमा बढ्दै गएको छ। त्यसैले परिणाम हो रवि लामिछाने र उनको पार्टी प्रति अब जनलहर बढ्ने निश्चित नै छ ! एउटा नेपाली उखानै छ कुकुरको पुच्छर बाह्र वर्ष ढुग्रामा राख्यो बान्गा को बाग्गै भन्ने! हो साच्चै यि ठुला दलका नेताहरु सुर्धिर्ने भनेको कुकुरको पुच्छर जस्तै हो।
जनताले अहिले डेलिभरीको राजनिती खोजिरहेका छन् अहिलेका जनतामा यस्ता किसिमका छन उनलाई को राणा शासन विरुद्ध हट्यो कस्ले प्रजातन्त्र ल्यायो कस्ले लोकतन्त्र ल्यायो भन्ने कुराको खासै मतलब नै छैन ! जनता आर्जीत भएका छन सधैं भरी व्यवस्था परिवर्तिनका फुक्ला भाषण मात्र सुन्दा सुन्दै हिजो यो गरियो त्यो गरियो भन्ने कुरा जान्न साच्चै चाहदै चाहादैन! समय बदलिएको छ, अहिलेका जनताले त कस्ले नागरिक समस्या लाई सम्बोधन गर्यौं कुन दल कुन नेता ले नागरिकका दैनिकी लाई सजिलो र छरितो बनाउने कार्यमा लाग्यो ,! कस्ले नागरिकका समस्या हल गर्ने प्रयासमा लागिरहेको छ जो नागरिक मुद्दामा प्रत्यक्ष सरोकार राख्छ! नागरिकता अवस्था परिवर्तनको लागि को लागिपरेको छ! कस्ले सरकारी कार्यालय हुने ढिला सुस्ती र भष्ट्राचार लाई निवारण गर्न सक्दछ ! भन्ने विषयमा नागरिकको चासो बढी छ। र कस्ले कलकारखाना खोल्छ कस्ले गरिबी हटाउछ भन्ने कुरामात्र जनताको अहिले मतलब राखेका छन् , यस्तो किसिमको राजनैतिक सस्कार बोकेको दल र नेता प्रती जनताले रूचाउने चलन बढ्दै गएको छ जनता सिद्धान्तको राजनीति बाट बाहिर निस्कने क्रममा छन।
जनताले नेपाली कांग्रेस एमाले र माओवादी हरूलाई पटक पटक अवसर दिएका थिए तर त्यो अवसरलाई सदुपयोग गर्न सकेको अवस्था छैन ! त्यसैको परिणामस्वरूप आज करिब करिब नेकपा माओवादीको अस्तित्व सकिने क्रममा छ। अब तिब्र गतिमा कांग्रेस र एमाले हरू पनि आफ्नो अस्तित्व सक्काउने कार्यमा अग्रसर हुदै गएका छन्,! मौका पाउँदा जनताको अवस्था परिवर्तनको लागि काम गर्नुको साटो आफ्नै अवस्था परिवर्तन मा लागि रहदा जनता साच्चै नै एमाले कांग्रेस माओवादी प्रति एकदमै रूष्ट छन् जनताले यिनिहरुको बिकल्प रूपमा मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्दै छन्।
भन्छन् नि अति गरे खति हुन्छ भनेर यिनिहरु ले भष्ट्राचार बेथिति मच्चाएर देश र जनताको लागि अति नै गरेका छन् जनता झुक्किनु झुक्किसके अब यिनिहरुका खोक्रा भाषण र घोषणा पत्रका फगत अक्षर र नेताको अनुहार नातावाद लाई अब जनताले समर्थन गर्ने वाला छैनन् ! त्यसैको परिणामस्वरूप तनहुँ क्षेत्र १ लाई विशेष रूपमा लिन सकिन्छ! नेपाली कांग्रेसको कोर क्षेत्र मानिने तनहुँ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वार्णिम वाग्ले ले भारि मतान्तर सहित चुनाव जिते ! सम्रग उपनिर्वाचन लाई हेर्ने हो भने जनताको उत्साह नयाँ दल प्रति भएको देखिन्छ यसलाई ठुला पार्टी ले नजर अन्दाज गरे भने यिनिहरु लाई २०८४ सालको चुनाव निकै भारी पर्ने स्थिति छ।
अहिले पुराना दल प्रति एउटा गम्भीर प्रश्न खडा भएको छ अब सच्चिने कि सकिने ! रवि लामिछाने ले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र को जबरजस्त उदय ले अन्य पार्टीका नेताहरु को साच्चै घण्टा बजाईदिएको छ। पुराना दल हरु लाई चुनौती दरो छ अब पनि प्रतिसोध को राजनितिमा उत्रिए भने एमाले कांग्रेस माओवादी साच्चै सकिने छन , अब विकास र एजेण्डा को राजनितीको जनताले खोजेका छन्! हिजो कुनै समय थियो होला जतिबेला एक पार्टी ले अर्को पार्टीको बिरोध गरेर एक ले अर्का लाई नग्यायर जनताको मत आफ्नो कोल्टामा पार्ने चलन! तर अहिले त्यस्तो छैन त्यसैको ज्वलन्त उदाहरण: तनहुँ क्षेत्र नं १ चितवन क्षेत्र नं २ को उपनिर्वाचन !जसमा नेपाली कांग्रेसका युवा नेता कहलिएका दुबै महामन्त्री,गगन थापा,र विश्व प्रकाश शर्मा, ले राष्ट्रिय स्वतन्त्र पार्टी र तिनका उम्मेदवार बिरूद्ध यति सम्म विष वमन गरे की हद भन्दा पनि तल झरेर तर त्यसको परिणाम चाहिँ शुन्य जस्तै भैदियो।
राष्ट्रिय स्वतन्त्र पार्टी साच्चै जनताको पक्षमा निर्वाध रूपमा काम गरिरह्यो र आम जनताको बुलन्द आवाज बनेर अगाडी बढ्न सकेको खण्डमा यो पार्टीको राजनीतिको भविष्य उज्वल छ! अगाडि बढ्ने क्रममा बिभिन्न किसिमका अबरोध अझै आउछन ति अबरोध लाई सजिलै पार गर्दै हिजोका पुराना दल हरूले गरेका ती तमाम् राष्ट्रघाती सम्झौता भष्ट्राचार र बेथिति विरुद्ध व्यापक आवाज उठाउँदै जन जिविकाको सबलामा वकालत गर्दै , मौका मिलेको खण्डमा जनभावना अनुरूप काम गर्दै !, हिजोका दल र नेताले गरेका ति तमाम् गल्ती लाई अबलम्बन नगरी अगाडि बढेको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी मुल धारको राजनीतिक दलको रूपमा स्थापित हुने छ पक्कै। पुराना दलहरु कै शैलीमा लागेको खण्डमा यो पार्टीको भविष्य छैन जसरी उदाएको छ त्यसरी नै अस्ताउने छ। आम नेपाली जनताले आस र भरोसाको केन्द्र रूपमा लिएका छन! त्यो जनताको आसा कहिले पनि निरासामा परिणत नहोस । जहिले आम जनता र राष्ट्र लाई अगाडी राखेर यो पार्टी पङ्क्तिले काम गर्ने छ ! -(लेखमा व्यक्त गरिएका विचार लेखकका नितान्त व्यक्तिगत कुराहरु हुन् ।)
प्रतिक्रिया