ताजा अपडेट »

एसिसी प्रिमियर क्रिकेटः युएइ र सिंगापुर तथा ओमान र मलेसिया बीच प्रतिस्पर्धा

आइतबार, १० बैशाख २०८०

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। हिजो भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए । साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेर बिजयी भएको हो ।