ताजा अपडेट »

"म र मेरो देश"

मंगलबार, २१ चैत्र २०७९

राम्रो लाग्छ मलाई आफ्नै संस्कार अनि भेष
यस कविताको शिर्षक छ म र मेरो देश !!

जती पाए नि जिन्दगीमा दु:ख अनि ठेश्
हृदयमा समर्पित छ, मलाई मेरो देश !!

चार जात छत्तिस वर्णको यो साझा फुलवारि
सबै एउटै सिमा मा छौँ कोहि छैनौ पारी !!

फुलबारिमा अनेक फुलहरु फुले सरि
जहाँ गएनि सम्झना देशकै घरि- घरि !!

नेपाल जस्तो मेरो देश पाईन कतै धाउँदा
आभारी छु नेपाली भई जन्म लिन पाँउदा !!

यो देशको माटोमा जन्मे, हुर्के, बढेपछि
हार खान छाडिन् पटक- पटक लडेपनी !!

नेपालको सुन्दरतामा रमेका ती पर्यटकहरु
भन्छन् उनि नेपाल जस्तो राम्रो कुनै छैन अरु !!

यहि जन्मे बलभद्र, यहि जन्मे बुद्ध
त्यसैले त मेरो देश छ पवित्र र शुद्ध !!

मलाई मेरो प्यारो देश ,स्वर्गरि लाग्छ
यै देशको काखमा रम्दा सबै पीडा भाग्छ !!

मेरै देशमा हिमाल, पहाड अनि पर्छ तराई
हामी सबै नेपाली हौं छैनौ कोहि पराई !!

अनेक फुलको एउटा सिङ्गो माला गाँसे सरि
कुहुकुहु गित गाउँछ वनमा कोईलि चरि !!

सगरमाथा आरोहण गर्ने मेरै देशकि नारी
देशभक्ति, देशप्रेमि म निता भण्डारि !!