ताजा अपडेट »

स्कटल्याण्डले नामिबियालाई १० विकेटले हरायाे

बुधबार, ०३ फागुन २०७९

काठमाडौं । ओपनर जर्ज मुन्सेको सानदार शतकमा आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार मुन्सेको शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो ।  जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको ओडिआई इतिहासमा १० विकेटको जित हात पहिलो पटक भएको हो ।