बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । समितिले शनिबार आयोजना गरेको सिद्धबाबा मन्दिर बिकास समिति तिनाउ पाल्पाको वार्षिक साधारण सभा तथा समिति पुनस्गठन कार्यक्रमबाट सन्तोष कुमार शेरचनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।
उपाध्यक्षमा अमर प्रधान, सचिवमा अरबिन्द पाण्डे, सहसचिवमा दुर्गा थापा, कोषाध्यक्षमा कुमारी खड्का, सदस्यहरुमा लक्ष्मी प्रसाद बस्याल, तोया लम्साल, जगबहादुर क्षेत्री, दुर्गा थापा, रिमीसरा दर्लामी, कृष्ण पाण्डे, पदम गाहा र गोपाल बस्याल रहेका छन् ।
यसैगरी पदेन सदस्यमा वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर थापा, मन्दिरका मूल पुरोहित नारायण घिमिरे रहेका छन् । कार्यसमितिको पहिलो बैठकले थप दुईजना सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष शेरचनले जानकारी दिए । यस अघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा मन्दिर सबैको साझा सम्पत्ती भएको बताए । श्रेष्ठले मन्दिरको सबैमिलेर संरक्षण गर्नुपर्ने बताउँदै उनले पछिल्लो समय मन्दिरको प्रचारप्रसार भएकाले भक्तजनको संख्यामा बृद्धि भएको उल्लेख गरे । पालिकाको तर्फबाट सधै मन्दिरको संरक्षणमा लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर् ।
तिनाउ पालिकाका उपाध्यक्ष लालबहादुर थापाले मन्दिरको बिकासका लागि मन्दिरमा आउने ब्यक्तिहरुलाई बास बसाल्ने गरि कार्ययोजना गराउन अनुरोध गरे । तिनाउ गाउलापिकाका प्रवक्ता यादव प्रसाद अर्यालले २०५४ सालदेखि सिद्दबाबा मन्दिरसँग नजिक रहेको बताउदै विभिन्न समस्या आउछन् त्यस्ता समस्याहरु समाधान गर्दै अगाडि बढनु पर्नेमा जोड दिए ।
समितिका पूर्व अध्यक्ष महेन्द्र पाण्डेले सिद्धबाबाको महिमा बढाउन गरेको प्रयास सार्थक भएको बताए। कार्यक्रममा सिदद्धबाबाको महिमा र गरिमा समेटिएको धार्मिक पर्यटकीय गन्तब्य सिद्धपुरुष भतृहरि तथा आदिमानव रामपिथेकस विशेषाङक पुस्तक सिद्धबाबा २०७९ बिमोचन गरिएको छ ।
पुस्तकको तिनाउ गाउपालिकाका अध्यक्ष श्रेष्ठले बिमोचन गरे । पुस्तकमा बिभिन्न क्षेत्रका जानकार लेखकहरुले सिद्धबाबाको महिमा ऐतिहासीक महत्व आगामी योजना यो भन्दा अगागि गरेका कार्यकहरुका बोरमा लेखहरु समेटिएको छ । कार्यक्रममा आफ्नो कार्यकालमा गरेका कार्यहरु समेटिएको अध्यक्षको प्रतिवेदन अध्यक्ष दलबहादुर गुरुङले र आय ब्यय समेटिएको कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष दुर्गा बहादुर थापाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुस ९ गते रेडियो मुक्ती बुटवलले आयोजना गरको फुटसल कार्यक्रममा दोस्रो हुन सफल तिनाउका महिला समुहलाई मायाको चिनो र सल ओढाएर सम्मान गरिएको थियो ।
सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट अस्मिना पाण्डे सम्मानित
सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट रेडियो मुक्ती बुटवलका समाचार प्रमुख अस्मिना पाण्डे सम्मानित भएकी छन् । समितिले शनिबार आयोजना गरेको सिद्धबाबा मन्दिर विकास समिति तिनाउ पाल्पाको वार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमको अवसर पारेर पाण्डेलाई तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादरु थापा र समितिका अध्यक्ष दलबहादुर गुरुङ्गले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । पाण्डेले मन्दिरको प्रचार प्रसारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष गुरुङ्गले बताए । पाण्डे रुपन्देहीमा रहेको रेडियो मुक्ती र लुम्बिनी सामुदायिक टेलिभिजनमा आवद्ध रहेर पत्रकारिता गर्दै आएकी छन्।
प्रतिक्रिया