ताजा अपडेट »

गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना

शुक्रबार, २० माघ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्। 

आफैं गाडी चलाएर आलोकनगरस्थित  पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् । कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका एक नेताले बताए। उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।