ताजा अपडेट »

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, काे-काे बने मन्त्रि ?

शुक्रबार, २९ पुस २०७९

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

कार्कीले माओवादीबाट तेह्रथुम १ (२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६ (१) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १ (२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । 

नवनियुक्त तीनै जना मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । तर, उनीहरुको मन्त्रालय तोकिएको छैन ।