ताजा अपडेट »

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

बुधबार, ०६ पुस २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो।

अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।