बुटवल । संस्कृती सम्प्रेषणका लागि सूचना र सञ्चारको महत्वपूर्ण भूमिका हुने पूर्व सूचना आयुक्त प्रमुख तथा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले बताएका छन् । सञ्चार र सूचनाको भरपुर प्रयोग गर्नसके धार्मिक प्रर्यटन प्रवर्द्धन गर्न सकिने उनले बताए । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३ पाल्पाले सोमबार आयोजना गरेको संस्कृती सम्प्रेषणका लागि सूचना/सञ्चार गोष्ठी कार्यक्रमा बोल्दै बाँस्कोटाले बिभिन्न उद्देश्यले स्थापना गरिएका संघ संस्था सबैले नागरिकलाई सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।
कार्यक्रममा २ ओटा छुट्टछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो । बाँस्कोटाले पहिलो कार्यपत्र प्रस्तुत गर्दै मानिस कसरी आदरार्थी बन्ने, सबैको प्रेरणादायी कसरी बन्न सकिन्छ लगायत सकारात्मक सोच सम्बन्धी जानकारी गराएका थिए । मानिसका खाने, लाउने, हिड्ने, चालचलनसँगै सार्वजनिक पदधारण गरेका वणयक्तिहरुको आचरण, जिम्मेवारी र कर्तव्यका विषयमा सधै चनाखो बन्नुपर्ने उनको भनाई थियो । नेपालको प्राचिनता र विशिष्ट पहिचान तथा सूचनाको हकको महत्वका बारेका दोस्रो कार्यपत्र प्रस्तुत गर्दै बाँस्कोटाले नेपालमा सूचनाको हक प्रयोग गर्ने नागरिकको संख्या न्युन रहेको बताए । उनले नेपालको अद्भूत कला संस्कृति नै नेपालको धन रहेको बताए ।
नेपालका सांस्कृतिक सम्पदा लुम्बिनी, जनकपुर र पशुपतीको उदाहरण दिँदै बाँस्कोटाले अन्य बिभिन्न महत्व राख्ने धार्मिक स्थलको पनि त्यसै गरि विकास गर्न सकिने बताए । 'सिद्धबाबाको ऐतिहासीक महत्वका विषयमा संसारभर सञ्चार हुन आवश्यक छ । सञ्चार भएन भने त कसले के थाहा पाउने ? मानिसहरु कसरी त्यहाँ आउने ?, त्यसैले प्रचारप्रसार र सूचना सम्प्रेषणमा पारदर्शी ढंगबाट लाग्नुस ।'-बास्कोटाले भने । सिद्धबाबाले छोटो समयमा देशका बिभिन्न स्थानसँगै भारतका केही धार्मिक स्थानमा प्रचारप्रसार गर्न सफल भएको र यसबाट दर्शनार्थीहरुको संख्या पनि बढेको बताए ।
कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले पालिकाले नागरिलाई सूचना पाउने हकबाट बञ्चित नगरेको बताए । पालिकाले अब छिट्टै पालिकामा भएका गतिबिधि र आर्थिक पारदर्शीतालाई समेटेर तयार पारिने बुलेटिन मासिक रुपमा प्रत्येक नागरिकको हातहातमा पुर्याउने गरि काम गर्ने तयारी गरेको बताए । तिनाउ गाउँपालिककाका उपाध्यक्ष लालबहादुर थाापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, बुद्धिजीवि, समाजसेवी, युवा, समितिका पदाधिकारी, बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनीधि सहभागी भएको कार्यक्रमको सञ्चालन समितिका सचिव अमरसिंह प्रधानले गरेका थिए ।
प्रतिक्रिया