दोस्रो विश्वयुद्ध पश्चात अमेरिका, बेलायत र रुस विजेता पक्षधर बादशाह कहलिय । संयुक्त राष्ट्र संघ, नर्थ एल्टलान्टिक ट्रिटी अर्गनाईजेसन, वल्र्ड टे«ड अर्गनाइजेसन लगायत दर्जनौ संघ संस्था को उदय भयो । विजेता राष्ट्रको हेजिमुनी नै विश्वभर स्थापित हुँदै गयो र कैयौ राष्ट्र सदस्य राष्ट्रको रुपमा समाहित हुँदै आज १९३ मुलुक संयुक्त राष्ट्रसंघमा आबद्ध छन । शक्ति होडबाजी कै दरब्यान १९४७ पछि भियतनाम लगायतका कारण शित युद्धले गति लियो । शोभियत संघ र अमेरिका बिचको शित युद्ध शोभियत संघको पतन पश्चात १९९१ मा समाप्त भयो ।
आज फेरि दोस्रो शित युद्ध प्रारम्भ भएको होकि भनेर आंकलन गर्ने स्थिती पैदा भएको छ । युक्रेन–रुस युद्धले सो कुरा पुष्टि गर्न खोजिरहेको छ । विश्व राजनीति वहुधुर्वीय मार्गतिर अग्रसर भैरहेको छ । अमेरिकाले रणनीतिक रुपमा आफ्ना साझेदार पार्टनर निर्माण गर्न खोजिरहेको छ भने रुसले पनि युरोप, अफिका र एसियाका साझेदारी राष्ट्रलाई आफ्नो पक्षमा तान्न कोसिस गरिरहेको छ । वल्र्ड पोलिटिकल अर्डरको भिषण अन्तरसंघर्षले प्याराडाईम सिफ्टको अवस्था अवस्य सृजना गर्ने छ । यो धुर्वीकरणले अमेरिकन हेजीमुनीको पक्का पनि अन्त्य गर्ने संकेत देखिन्छ । युरोपमा देखिएको आर्थिक मन्दीका कारण पनि जी–७ र जी–२० का मुलुक अमेरिका प्रति सन्तुष्ट देखिदैनन् । जर्मनी, फ्रान्स, इटाली लगायतका मुलुकले रुस–युक्रेन बिचको युद्धमा अमेरिकालाई साथ नदिने संकेत देखिदैछ । बरु युद्ध रोक्नका लागि दबाब सृजना गर्ने बाटोमा केन्द्रित छन ।
साङघाई कोओप्रेसन, ब्रिक्श, विमिस्टेक लगायत संघ संस्थाको उदयका कारण अब एसियाली मुलुकलाई अमेरिकाको आवश्यकता छैन बरु एसियाकै प्रभुत्व कायम गरी दोस्रो धुर्वको रुपमा बिकास हुन चाहान्छन । साउदी अरब ईरान लगायत मुलुक पनि ब्रिक्शमा जोडिन चाहान्छन । यसले अमेरिकाको शक्तिमा ह्रास आएको प्रष्ट इंकित गर्दछ । रुस–युक्रेन युद्धका कारण युरोपमा उर्जा संकट उत्पन्न भएको छ भने बेलायत समेतले यो संकट ब्यहोर्नु पर्ने छ । एसियाली मुलुक जनसंख्या, भूगोल वा प्राकृतिक श्रोतले सम्पन्न छन यो अवस्थामा एसियाली एकताले विश्वमञ्चको नेतृत्व संम्भव छ तसर्थ समानता र सहअस्तीत्वको यो अवबसरपूर्ण समयलाई एसियाली देशले आत्मसाथ गर्नु नै बुद्धिमानी हुनेछ ।
चीन र भारतको २+१ रणनीतिलाई दक्षिण एसियाली र पुर्वी एसियाली मुलुकले गहिराईमा बुझन कोसिस गरेनन बरु बाद प्रतिबाद भित्रै सिमित रहे यसले खास गरि हिन्द प्रशान्त क्षेत्रमा प्रभुत्व कायम गर्न खोजेका पश्चिमेली मुलुकलाई फाइदा तुल्यायो । २+१ को रणनिती खासगरी एसियाली सम्बन्ध र सुरक्षाको मुल कडी थियो जसले ब्यारिएरको रुपमा काम गर्न सक्दथ्यो र स– साना राष्ट्रको हितको वकालत र सामुहिक विकासमा जोड दिन सक्थ्यो । अझै पनि अबेला भएको छैन एकताका लागि हातेमालो अघि बढाउन सबै एसियाली राष्ट्र एक हुनु पर्दछ । चीन र भारतको असाधारण बिकास, भावी रणनीति र दृर्घकालिन योजनामा अढेस लाग्न सकियो भने मात्र हामी जस्ता विकासशिल र विकासउन्मुख देश तत्कालिन समस्याबाट पार लाग्न सक्दछन ।
पछिल्लो समय संसारभर देखिएका बिचलन, प्यारामाईम सिफ्टको उत्तम साहित हो । यसलाई एसिया क्षेत्रले गम्भीर रुपमा लिनु पर्दछ । शतिm सधै स्थिर रहदैन र शक्ति चलायमान रहन्छ । एसियाको पोल्टोमा आएको शक्तिलाई सामथर््यमा बदली नयाँ वहुधुर्वीय विश्वको नेतृत्व एसियाले गनुपर्छ । विश्वमा कायम रहेका राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणलाई बैचारिक र शैद्धान्तिक रुपमा परिवर्तन गरी नयाँ बैचारिक पूर्विय पाठशालाको दृष्टिकोण अघि सानु पर्दछ । मानव संरक्षण, प्रकृति संरक्षण, बातावरण र पर्यावरण संरक्षण, शभ्यतामा आधारित मानव दृष्टिकोण, बैचारिक प्रतिमानको पुर्नोउदय, समतामुलक समाज, प्रयोगात्मक र अनुसन्धनात्मक राज्य ब्यबस्था, न्यायिक स्पष्टता, वर्गीय समानता, उत्पादनमुखी अर्थतन्त्र आदि इत्यादी जस्ता नविनतम विचारशाला अघि सार्न आवश्यक छ ।
अब डिभाइड एण्ड रुलको सुत्र तिरस्कृत गनुपर्छ । एसियाली एकताका लागि जापान, चीन, भारत एकठाउँमा उभिनुको विकल्प छैन । अफ्गानिस्तान, श्रीलंका, नेपाल, पाकिस्तान, लगायत अन्य मुलुक बिमेस्टेक, ब्रिक्श, सार्क र आसियानको छातामुनी एकढिक्का हुनुपर्छ । विश्व जगतसँग पारस्स्परीक सम्बन्ध कायम राख्नु पर्दछ । अहिले बजारमा चिनिया पत्रकार चाओ सिनफिङको पुस्तक निकै चर्चामा छ । उनले नेपाली राजनीति, नेपाली समाजका वस्तुगत यर्थाथलाई चित्रण गरेका छन । यो त बिम्ब मात्र हो एसियाली मुलुकका कैयौ राष्ट्रमा समिक्षा गर्ने अथाहा उदाहरण छन । खासमा वैैदेशिक सम्बन्ध र परराष्ट्र मामिलामा स–साना मुलुक अस्पष्ट छन । संयुक्त राष्ट्रको एक छत्रिय हेजीमुनीको दास बन्न बाध्य भएका छन, स–साना मुलुक । शिर उच्च पारेर समस्यालाई टेवल गर्ने हुती नभएको अवस्था छ । युरोपिएन र अमेरीकनको जागिरे थलो भाको छ संयुक्त राष्ट्र संघ र प्रबुद्ध यसका अन्य निकाय सो कार्यकै निरन्तरतामा छन । हेपावा प्रबृति र संकुचनयुक्त संरचनाका कारण शक्ति केन्द्रको अड्डाको रुपमा मात्र सिमित भएको छ ।
यो अवस्थामा परिवर्तित वहुधुर्वीय विश्वको एसियाले नेतृत्व गर्नु बाहेक बिकल्प छैन । आर्थिक, सामाजिक, राजनीतिक र बैचारिक नेतृत्व का लागी तयार हुनु नै आजको आवश्यकता हो । आजको २१ औँ शताब्दी को थर्ड वेभ अफ पोलिटी डेमोक्रेसीको नेतृत्व एसियाली मुलुक को महत्वकांक्षा मात्र नभएर आवश्यकता हो भन्ने कुरा बुझ्न सायद कसैलाइ दुबिधा नहोला । आजको प्रविधी युक्त समाज, उत्पादन र बजार विश्वको दुई तिहाई जनसंख्यामा निर्भर रहन्छ । प्राकृतिक श्रोत र साधनका तवरले पनि अर्थतन्त्र निर्माणको नव साम्राज्य एसिया बन्न सक्दछ । पछिल्लो समय नेपाल धेरै कुरामा चुकेको छ ,परराष्ट्रिय नीति र विदेश नितीमा खासगरी ।
यो १० वर्षमा जुन प्रकारले राष्ट्रवादको नाममा जुन एन्टी ईन्डीएनिज्म इज नेस्नालिजम वा एन्टी चाईनिज्म ईज नेस्नालिज्म भन्ने मनोबिज्ञानबाट प्रशिक्षित भयो यो नै छिमेकद्रोह को नीति थियो जसका कारण आर्थिक र सामरिक कारणले नेपालले छिमेकी विश्वसनियता गुमाउन पुग्यो । २+१ कै नीतिमा साझेदारी बन्न सके अझै सकारात्मक परिणाम हासिल गर्न सकिन्छ । छिमेकी नीतिमा लचिलो बन्नु नै हामी जस्ता बिकास उन्मुख राष्ट्रलाई फाइदा हुन्छ । एसियाली मुलुक को चेत खुलोस ।
प्रतिक्रिया