धर्म भन्नाले दैवी शक्ति , परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरुसँग सम्बन्धित नैतिक आचरण , व्यवहार , मूल्य मान्यता, संघ संस्था र पुरातन विधिहरु पर्दछन् । कहिलेकाही आस्था अथवा विश्वासको शब्दपनि धर्मको अर्थमा प्रयोग गरिन्छ । वृृहत अर्थमा कसैले धर्मलाई ब्रह्माण्ड र मानवको सम्बन्धबारे सम्पूर्ण उत्तरपनि मान्दछन् । धर्म भनेको जीव वा मानवको स्वभाविक गुण हो । सम्पूर्ण मानवहरुको गुण एकै हुन्छ , मानव संस्कृतिको विकाससँगै धर्मको अर्थ समाज र ब्यक्तीअनुसार फरक–फरक पाइन्छ । संसारमा मानिसहरू विभिन्न किसिमका धर्महरु मान्दछन् । ती मध्ये जनसंख्याको आधारमा प्रमुख धर्महरु इसाई , ईस्लाम , हिन्दु , बौद्ध , यहुदी र अन्य धर्महरु रहेको पाइन्छ।
विश्वभरी हिन्दुधर्म मान्नेको जनसंख्या १६ प्रतिशत रहेको पाइन्छ । हिन्दु धर्मलाई सवै धर्मभन्दा पुरानो धर्म भएको मानिन्छ । आजभन्दा करिब ९० हजार बर्ष अगाडि हिन्दु धर्मको प्रारम्भ भएको पाइन्छ । हिन्दु धर्मको विशेषता यश भित्रका आस्था र विस्वासको स्रोत हुन् । रामायण , महाभारत र पुराणहरुमा शुर्यवंशी र चन्द्रवंशी राजाहरुको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरुको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उत्पत्तिको बिषयमा कुराहरू आएका छन् । आर्यहरुको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार १७०० ईसा पुर्वमा आर्य अफगानिस्तान , पाकिस्तान , पन्जाव र हरियाणामा बस्ने गरेको इतिहास पाइन्छ । त्यस बेलादेखि नै उनिहरुका विद्वान ऋषिहरु आफ्ना देवताहरुलाई खुसी पार्नलाई वैदिक संस्कृतमा मन्त्रहरु रचना गर्न थाले ।
पहिला चारवटा बेदहरुको रचना गरियो । पहिलो ऋग्वेद थियो त्यसैपछि यर्जुवेद , सामवेद , अर्थवेद जस्ता ग्रन्थहरुको रचना गरियो िहिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापुर्व २००० बर्ष पहिला भएको मान्यता छ । विश्वमा हिन्दु धर्मलाई सङ्ख्याको हिसाबले तेस्रो ठूलो धर्म मानिन्छ । हाल विश्वभर हिन्दु धर्म मान्ने मानिसहरू १.२अर्ब रहेका छन् । जस मध्ये ९६% दक्षिण एसियामा रहेका छन् । हिन्दु शास्त्रहरुलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति । श्रुति भन्नाले वेदलाई बुझिन्छ जुन हिन्दुहरुको धर्मग्रन्थ हो यसलाई हिन्दुहरुको संविधान पनि मानिन्छ । स्मृती अन्तर्गत इतिहास , महाभारत ,पुराण , रामायण तथा विभिन्न स्मृतिहरु पर्दछन् ।
भारत र पाकिस्तान क्षेत्रको सिन्धुघाटी सभ्यतामा पनि हिन्दु धर्मका निशानिहरु पाइएका छन् । हिन्दु ग्रन्थलाई गहिरो अध्यन गर्दा संसारमा मानव सभ्यताको शुरूवात पनि नेपालको हिमाली भेगबाट भएको भेटिन्छ । इतिहासकारहरुको जानकारी अनुसार यस सभ्यताको अन्त तिर मध्ये एसियाबाट एक अन्य जातिको आगमन भएको पाइन्छ जसलाई आर्य भनिन्छ यिनिहरु संस्कृत भाषा बोल्दथे ।
नेपालपनि विश्वमा हिन्दुराज्य भनेर चिनिएको थियो केही वर्ष अगाडिको राजनीतिक परिवर्तनसँगै अहिले धर्म निरपेक्ष घोषणा गरिएको छ । भनिन्छ मानिसहरू जब–जब धर्मप्रति खेलवाड गर्न थाल्दछन् तब–तब मानवजातिमा सङ्कट पैदा हुन्छ भने जस्तै जब नेपालमा कायम रहेको हिन्दुराज्यलाई धर्म निरपेक्ष घोषणा गरियो तत्पश्चात् नेपालको राजनीति नै कुन धरातलमा हिँडेको छ ।
नेपालमा विभिन्न किसिमले कुनै न कुनै क्षति भैरहेको छ । अहिलेसम्म नेपाल हिन्दुराज्य भएको कारणले विकास रोकिएको भनाइमा पनि कुनै कुराको मेल खाएको छैन । हाम्रो देशका नेताहरू अपरिपक्वता भएको हुँदा र नेपाली नागरिकको सहनशिलताको फाइदा उठाउन सिपालु नेताका कारण नै ८१.३४% हिन्दुहरुको जनसंख्या रहेको नेपालमा हिन्दुराज्य कायम नराख्नु ठूलो अन्याय हो । यस्ता गम्भीर विषयमा नागरिकको अभिमत नबुझी सामान्य सेन्स नभएका नेताहरूको कारणले गर्दा नै अहिले हिन्दु धर्मप्रति प्रहार भैरहेको हो ।
धर्मको प्रचार–प्रसार गरि गरिब निमुखा जनतालाई लोभ लालचमा पारेर धर्म नै परिवर्तन गराउने गतिविधि नेपालमा बढिरहेकोप्रति चिन्तन हुन जरुरी छ । धर्मलाई पैसामा किनबेच हुनु अति गम्भीर कुरा हो यसलाई राज्यले निरुत्साहित पार्नु पर्छ । नेपाललाई हिन्दुराज्य कायम राख्नुको कुनै विकल्प छैन ।
विश्वभर छरिएर रहेका हिन्दु धर्मावलम्बीको लागि नेपालमा रहेका धार्मिक स्थलहरुलाई पुनः संरचना गरि प्रचार–प्रसार गरेर पर्यटन क्षेत्रको रुपमा विकास गर्ने हो भने नेपाल र नेपालीको कायापलट हुने संभावना प्रवल नै छ । नेपालमा रहेका प्रशिद्ध धार्मिक स्थलहरु मुक्तिनाथ , बराहक्षेत्र , मनकामना , गोसाइँकुण्ड, पशुपतिनाथ, दोलखा भिमसेन, कृष्ण मन्दिर, स्वयम्भू, रिडी, जानकी मन्दिर, राम मन्दिर , हलेसी महादेव, बुढानिलकण्ठ, लुम्बिनी , दक्षिणकाली , देविघाट, स्वर्गद्वारी, पाथीभरा, सिद्धार्थ पोखरी , रेसुङ्गा र बालात्रीपुरा सुन्दरीलाई प्रचार–प्रसार गरि विश्वभरि रहेका हिन्दु धर्मावलम्बीहरुलाई पर्यटकको रुपमा भित्राउन सक्नु पर्छ ।
विश्वमा धेरै नै धर्म सापेक्ष राष्टहरु छन् । त्यहाँका नागरिकको उन्नति प्रगति भएको छ अहिले नेपालमा राजनीति खिचातानी र बाह्य शक्तिको चलखेलले गर्दा नागरिकहरुको मौन बिरोध रहेको धर्म र संघियता दिन प्रतिदिन आक्रोश बढिरहेको छ जबसम्म यिनी गम्भीर बिषयमा जनतालाई अडिट गर्न दिहिँदैन आफुखुशी ब्यक्तिगत फाइदाका लागि गरिएका कार्यहरूमा आम नागरिकको समर्थन रहँदैन त्यसैले यी कुरामा राज्यको नेतृत्वमा रहेकाहरू छिटोभन्दा छिटो जनमतसंग्रह गरेर आएको मतलाई स्वीकार गरि अगाडि नबढदासम्म नेपालमा स्थिर राजनीति रहँदैन ।
नेपाललाई व्श्विमा एकमात्र हिन्दु सापेक्ष राष्ट्र बनाउँदा नेपालीको शिर अझै उच्च हुनेछ स्वभिमान बढ्ने छ । बहुसंख्यक हिन्दुहरुको इच्छा नेपाललाई हिन्दु सापेक्ष राष्ट्र बनाउँदा देशलाई कहि कतै घाटा हुँदैन बरु अहिले देखिएको राजनीतिक द्वन्द्वको अन्त्य भएर जानेछ । हिन्दुधर्मले अरु धर्मलाई काहीँ कति बहिष्कार गरेको छैन बरु संरक्षण गर्दछ । नेपालमा हिन्दुराज्यको सबै धर्मावलम्बीहरुले आवश्यकता महशुस गरेका छन् । हिन्दुराज्य घोषणा गर्दा विश्वभरका बहुसंख्यक हिन्दुहरुको केन्द्र बिन्दु नेपाल हुनेछ, पर्यटनको क्षेत्रमा नेपालले फड्को मार्ने छ । यसमा सबैले गम्भीरतापूर्वक सोँच्नपर्ने बेला भएको छ ।-(लेख लेखकका निजी विचारमा आधारित छ)
प्रतिक्रिया