तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले वनबाटिकालाई अन्तराष्ट्रिय पर्यटकीय क्षेत्रकाे रूपमा विकास गर्नु पर्ने कुरामा जाेड दिएका छन् । उनले वनवनटिकाकाे माध्यमबाट स्थानीय युवालाई राेजगारी दिन सकिने बताए ।
शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवनटिका)काे १२औं साधारणसभाकाे उद्घाटन गर्दै उनले वनवाटिकाले मुलुककै अर्थतन्त्रलाई बलियाे बनाउने कुरामा जाेड दिएका हुन् । त्यसतै नगर उपप्रमुख जागेश्वर देवी चाैधरीले वाटिकाभित्र रहेकाे बहुउद्देश्यीय भ्यु टावरले राेजगारीकाे अवसर सृजना गरेकाे बताइन् ।
उनले वाटिका असाध्यै मनमाेहक स्थल भएकाे र यसलाई अघि बढाउन सबैले हातेमालो गर्न जरूरी रहेकाे बताइन् । वनवाटिकाकाे अझ थुप्रै काम बाँकी रहेकाे बताउँदै त्यी कामलाई सबै मिलेर पूरा गरेमा सबैकाे भलाे हुने बताइन् ।
कार्यक्रममा अध्यक्ष बेल प्रसाद शर्माले अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव पर्सुराम भण्डारीले सचिवकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वन निर्देशक बोधराज सुवेदी , तिलाेत्तमा वाड नम्बर १ का अध्यक्ष वाड नम्बर १ फर्सुराम गिरी , वाड नम्बर २ का अध्यक्ष डिल बहादुर भट्टराई , ३ का अध्यक्ष कल्याण पौडेल , वाड नम्बर ४ का वाड अध्यक्ष हरि बहादुर क्षत्री शंकरनगर सामुदायिक वन तथा उपभोक्ता समितिका अध्यक्ष रविन्द्र बस्नेत , कांग्रेस नगर सभापति हरिलाल पाण्डे , एमाले नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे , राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भोम बहादुर बुढामगर , राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष रुप बहादुर पराजुलीलगायतले बाेलेका थिए ।
कार्यक्रममा उपस्थितलाई स्वागत संस्थाका उपाध्यक्ष खिमलाल पाण्डेले गरेक मथियाे । संस्थाका अध्यक्ष बेलप्रसाद शर्माकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन सचिव पर्शुराम भन्डारीले गरेका थिए ।
प्रतिक्रिया