परिवर्तनशिल समय सँगसँगै जीवन पनि परिवर्तनशिल छ। यही समय सँगँसगै मानिसले पनि सुनौलो गन्तव्यको यात्रा सुनिश्चित गरेको हुन्छ । अनेक पहाडहरु फोर्दै विभिन्न संङघर्षहरुसँग जुधेर मनिस सफलताको शिखरमा पुग्छ । त्यो सुनौलो यात्रा गर्दा आउने कठिन परिस्थितिसँग डटेर सामना गर्छ । दृढ इच्छाशक्ति लगनशीलता मिहिनेत र परिश्रमले प्रायः व्यक्ति लक्ष्यमा पुग्छ भनि कोही नराम्रोसँग बजारिन्छ । त्यहिबाट पनि कोहि नयाँ उर्जा लिएर अगाडि बढ्छ कोही त्यहि दलदलमै फसिरहेको हुन्छ ।
म आज मेरो परिवार, समाज, साथी र म आँफैलाई हेर्छु अनि मूल्याङ्कन गर्छु । हाम्रो परिवारले हामीलाई कुनै दिन पनि हार्न सिकाएन् । हामी रोएर, कराएर भए पनि हामी हाम्रो इच्छा आकांक्षाहरु पुरा गर्दै गयौं । म बेला बेला झसकिन्छु अनि हेर्छु मेरो भविष्यलाई अनि सोच्छु मलाई कुनै दिन हार्नु पर्यो भने रु यस्तै सामान्य परिवारमा जन्मेकी छोरीको कथा हो। जिद्दी स्वभाव भने बच्चादेखिको नै बानी थियो। उनलाई रोएर भए पनि हरेक कुरा जित्नु नै पर्थ्यो । यो स्वभाव भने उमेर बढ्दै गए पनि घटेन्।
समय पनि सधै कहाँ एउटै हुन्छ र सधै आफुले मात्र जित्छु भन्ने सोँच राखेर पनि कहाँ हुन्छ र रु दुर्भाग्यबस उनलाई आफ्नो शैक्षिक यात्रामा हार्नु पर्यो। त्यो हार मुटुमा बिझयो । धेरै पीडा भयो आफुले हार्नु पर्दा । आफ्नो जीवनमा कालो बादल छाएको अनुभुति गरिन् । रङगीन सपनाको फुलबारी सजाएकी उनी नैराशयतामै विवश हुन पुगिन्। मनमा डर र चिन्ता मात्र भरियो। त्यो कुराले मानसिक तनाव दिन थाल्यो । म अब केही गर्न सक्दिन भन्ने कुरा सोच्न थालिन् । म गर्न सकिन भने मलाई समाजले के भन्ला के सोच्ला भन्ने कुरामा पुगिन्। दिन बित्दै गए यो समस्या बढ्दै जान थाल्यो ।
सुरुमा त यो समस्या कसैसँग बताइनन्। जब यो समस्याले आफू भित्र भएका आशालाई निराशामा बदल्न थाल्यो, उनले यो कुरा परिवारमा बताइन् ।परिवारमा यो कुरा बताएपछि उपचार गर्नु त टाढाको कुरा भयो, उनलाई परिवार भित्र नै लुकाउन थालियो। खै हाम्रो समाजले बुझ्न नसकेको हो या हामीले बुझाउन नसकेका हौं, मानसिक तनाव भएको व्यक्तिलाई डाक्टरकोमा लग्नु हुँदैन् भन्ने साँघुरो मानसिकता । यहि साँघुरो मानसिकताका कारणले उनले महिनौ सम्म उपचार पाइनन्। जसको कारणले दैनिक कुरामा असर पर्दै जान थाल्यो। उनी एकदम रुने गर्थिन। आत्मविश्वासमा कमि, नैराशयता, एक्लोपन, असुरक्षा, डर, र चिन्ताले घेर्न थाल्यो ।
महिनौसम्म यस्ता लक्षण देखिए पछि उनको उपचार गरियो। मानसिक रोग विशेषज्ञ डाक्टरका अनुसार उनलाई डिप्रेशन भएको रहेछ। डिप्ररेशन भएको भन्दा हाम्रो समाजले किन पागलपनाको नाम दिन्छ । यहि सोँचका कारणले उनले औषधि खान मानिनन्। एकान्त ठाउँ मात्र मन पर्न गर्थ्यो। आफुले के गरेको आफैले थाहा पाउने थिईनन्। भावनात्मक साथ नपाउँदा पटकपटक आत्महत्याको प्रयास गरिन् । त्यस समयमा उनलाई शारीरिक पीडा पनि थपिन पुग्यो। मानसिक तनाव भएको बिरामीलाई शारीरिक पीडा थपिदा सहिनसक्नु भयो । दिनप्रति दिन लक्षणहरु बढ्दै जान थाले पछि उनले डिप्ररेशन पत्ता लागेको तीन महिना पछि मात्र औषधि प्रयोग गर्न थालनी ।
औषधी प्रयोग गरेको केहि दिनसम्म त केही प्रभावनै परेन। आफूले के गरेको आफैले थाहा पाउने थिईनन्। बिस्तारै औषधीलेले काम गर्न थाल्यो आफूमा नयाँ संसार देख्न थालिन्। त्यो काहालि लाग्दो अवस्थाबाट आफुमा नँया उर्जा लाउन थालिन् ।अहिले उनको मानसिकतामा जुन समस्या आफूमा हुँदा आफुले जति पिडा सहुनु परेको थियो, त्यो समस्या अरुलाई हुन नदिन हर कदम प्रयास गर्ने छु। बढ्दो मानसिक तनावको यो त एउटामात्र उदाहरण मात्र थियो । घर, परिवार र समाजले यो कुरा नबुझदा मानिसले आफ्नो ज्यान पनि गुमाएका धेरै उदाहरण हामीसँग छन् ।-(ज्ञवाली कक्षा १२ मा अध्ययनरत छिन्)
प्रतिक्रिया