के गरम त ! साँझ–बिहान छाक टार्न गार्हो छ, केटाकेटी हुर्किसके जेठो अर्ब गएको थियो र धन्न घर धान्न सहज भएको छ । माइलो यूरोप जान्छु भनेर कस्सिएको छ। काखमा हुर्किएकी एउटी छोरी अमेरिकन डिभी भर्छु भन्छे। हामी बुढा–बुढी डाँडापारीका घाम जस्तै भयांै कहिले अस्ताउने हो थाहा छैन। यस्तै बेदना र बिरक्तका कथाहरु गाउँदेखि शहरसम्म गुञ्जिरहेका छन्। यो हरेक नेपाली घरको आधुनिक मौलिक कथा हो। यो सत्य र यथार्थमुलक घटनाक्रमलाई नेपाली राजनीति, नेपाली समाजले दन्त्य कथा मानिरहेको छ। लाखांै युवा–युवती पलायन भएका छन् र विप्रेषण नामको अत्तरले नेपाली अर्थतन्त्र मधुर रुपमा सुगन्धित भएको छ।
यो पलायनबादको यात्राले देशलाई घाटा त पुर्याइरहेको छ, सँग–सँगै विकासका ढोकाहरु समेत बन्द गरेको छ। श्रमजिवी वर्ग र सामथ्र्ययुक्त युवा पिँढी बिदेश पठाएर हामी कुन स्वप्नशिलतामा रमाइरहेका छौं? यसले दिर्घकालिन हाम्रा विकाशका मूल संवाहकलाई कहाँ पुर्याउला? एकपटक हामी सबैले सन्देह गर्ने पर्छ । प्राककथन मा द्रभ्यभस्त कथाको विश्लेषण समेटनु पवूर्व कैंयांै सामाजिक अवस्थाको अध्यन सामग्री पर्गेलने लेखकको यो आलेख सामान्य घटनाक्रम बिलकुलै होइन बरु समीक्षाका लागि राज्य नै अग्रसर हुन पर्ने दायित्व बोधलाई समेत पुष्टि गर्न कोसिस गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाब्य मुनामदनमा मदन र मुनाको सामाजिक कथालाई वैदशिक श्रमसंग दाँजेर बियोगान्तको सपाट घटनाक्रम कथाकारले उदृत गरेका छन्। आज मदन मात्र होइन लाखांै मुनाहरु वैदेशिक क्षेत्रमा जाने क्रममा छन्। घर–घर मा परिवार, वृद्धवृद्धाका नव वियोगान्तका कथाहरु तयार भैरहेका छन्। हिजो ल्यासा, भोट, हिन्दुस्तान र लाहोरका कथा बन्थे आज साउदी, मलेसिया, कतार, कुवेत, पोर्चुगल, माल्टा, अमेरिका वा युरोप का कथा बनिरहेका छन्। यो निरन्तर क्रम जारी नै छ। ती युवा–युवती रोक्ने कुनै बम्रज्ञान हामी आफैँले निर्वाचित गरेर पठाएका नेतृत्व वर्गमा छैन बरु नेतृत्व कै सन्तान समेत पलायनबादको विचित्र होडबाजी मा कस्सिका छन्। डलर, पाउण्ड, दिराम, रुवेल, डि.भी , पि. आर जस्ता श्रमबुटीले युवा युवतीको उर्जा आकृर्षित गरिरहेको छ ।
हिन्दु दर्शन र हिन्दु साहित्यमा आधारित हाम्रो समाजको आत्मिय भाव निकै बलियो र मजबुत थियो । हामी सामुहिकतामा दया, माया ,करुणा , सहयोग आदी इत्यादी आदानप्रदान गथ्यांंै । हाम्रा श्रमका आधारहरु कृषि, पशुपालन , घरेलु उद्यमशिलता बाहेक अर्को थिएन । एक हदसम्म नव आधुनिकताबादले हाम्रो श्रमस्तरलाई ब्यापक र अर्थतन्त्रपरक बनायो । यो ठूलै उपलब्धी थियो । तर, सामाजिक एकता मा यती ठूलो अन्तर पैदा गर्छ भन्ने आंकलन भने थिएन । आज देशका कैंयांै दुर्गम स्थानमा मलामी जान भाडामा मान्छे खोज्न पर्ने अवस्था उत्पन्न भएको छ भने । दुःख बिमार पर्दा पानी खुवाउने मान्छे छैनन् । परिवारसंगै बस्न नपाएका लाखौं उदाहरण छन् त बाकसमा फर्किएर घरबार उजाड भएका हजारौं दुःख वेदनाहरु छन्।
रोजगार नपाएर राज्यबाट ठगिन्छ नेपाली , महिनौं दिन लाइनमा बसेर राहदानी प्राप्तिको लागि ठगिन्छ नेपाली, मेनपावरबाट ठगिन्छ नेपाली, पहिलो पटक जहाज चढ्नु पूर्व परिवार सम्झेर आँखाबाट ठगिन्छ नेपाली, कम्पनीमा पुगेपछि अनुचित तलबबाट ठगिन्छ नेपाली। ठगिएका नेपाली युवा–युवतीका कथा माथि राजनीतिक नेतृत्व चुनावी बेलाबखत घोक्रो फुल्याउने गरेको पनि सुनैकै छौं । तसर्थ पनि यो पलायनबादलाई रोक्न सक्नुपर्छ । उद्योग , कलकारखाना , शिप र ब्यवसायमार्फत रोजगारी श्रृजना गर्नु पर्दछ । प्राकृतिक श्रोत साधनलाई उपभोग गरी युवा–युवतीलाई उत्पादनशिल क्षेत्रमा लगाउनु पर्दछ ।
आजको मेडिएन एज गु्रपलाई समुचित ढंगले प्रयोग गर्न सकिएन भने हामी जटिल परिस्थितिसंग जँुध्न बाध्य हुनेछौ । हाम्रो सामाजिक बनावटलाई विभाजित हुन दिनु हुँदैन । देश विकासको संकल्प पूरा गर्न युवायुवतीलाई देशभित्रै रोजगारी श्रृजना गर्नु पर्दछ । विश्वब्यापिकरणका कारण उत्पन्न भएका नव चूनौतीलाई आन्तरिक देश भित्रै रोजगारी श्रृजना गरेर लाखांै युवा जवानलाई रोजगारी प्रदान गर्नुपर्ने छ । बैदेशिक क्षेत्रबाट आर्जित सिप,कला तथा आम्दानीलाई राज्यले सकारात्मक मार्गमा परिचालन गर्नुपर्दछ । प्रोत्साहनमुखी कार्यक्रम नीतिगत रुपमा लागू गर्नुपर्छ । भाषणमा मात्र होइन शासनमा पनि युवा लक्षित कार्यक्रम अघि बढाउनु पर्दछ । पलायनवादलाई निरुत्साहित गर्दै सामुहिक एकता , समतामूलक समाज निर्माण गर्न अग्रसर हौं ।
अन्तिममा, प्राकृतिक सम्पदाले भरपुर हाम्रो पर्यावरणमा भएका पर्यटन ,पानी र प्राकृतिक श्रोत नै हाम्रो आर्थिक संम्पन्नता को मूलआधार हो । यसमा नङग्रा खियाउने बातावरण राज्यले गर्यो भने मात्र प्रशस्त रोजगारीका संम्भावना बृद्धिबिकास हुनेछन् । यीनै प्राकृतिक श्रोतको उपयोगमार्फत कलकारखाना , उद्योग र ब्यव्साय फस्टिन सक्छन । परिवार– परिवारबीचको दूरीलाई एकत्वमा बाँध्ने ब्रमअस्त्र नै आर्थिक सम्पन्नता हो। पलायनबादको यो रफ्तारलाई बेलामै रोक्न सक्नु आजको आवश्यकता हो । आउँदो मंसिर ४ को निर्वाचनको मूल एजेण्डा यही बनोस् । सबै उमेदवार लाई शुभकामना !
प्रतिक्रिया