ताजा अपडेट »

दशैंको घुमफिरकालागि आकर्षक 'दरमोला भान्छा घर'

शनिबार, १५ असोज २०७९

गुल्मी । बाग्लुङ्गको गल्कोट नगरपालिकामा गत दुई वर्षदेखि सञ्चालनमा आएको एउटा कृषि फार्म र त्यो सँगै रहेको अर्गानिक भान्छा घरले पूर्वदेखि सुदुरपश्चिमसम्मका मानिसहरुलाई तान्न थालेको छ । प्राकृतिक रुपले नै सुन्दर नगरी गल्कोट–६ को मजुवाफाँट गैरी स्थित दरमखोला एग्रिकल्चर एण्ड लाईभ स्टक फार्म सबैतिरका मानिसहरुको आकर्षक पर्यटकीय गन्तब्य बनेको हो । अझ दशै जस्तो चाड पर्वमा घुमफिरको आनन्द लिनका लागि जुन थलो रोजाइमा पर्न सक्छ ।

प्राकृतिक रुपलेृ नै सुन्दर थलो हो बाग्लुङ्गको ऐतिहासिक गल्कोट नगरी । वरीपरी हरियालीपुर्ण अग्ला–अग्ला पाहडहरुकको विचमा रहेको गल्कोट उपत्यका कुनै समय त्यहाँका बासीन्दाहरुको बिसाल बेसीफाँट थियो । तर स्थानीय तहको पुनरसंचना पछि गल्कोट नगरपालिकाको जब केन्द्र त्यहाँ बस्यो त्यसपछि त्यहाँ वस्ती बसाईले अहिले घडेरी पाउन समेत मुस्किल भइरहेको छ र विभिन्न व्यवसाय सहित औद्योगिक नगरीका रुपमा विकासित हुँदै छ ।

तिनै ब्यवासहरु मध्येको एक हो सोही नगरपालिका–६ , मजुवाफाँट–गैरिेस्थित दरमखोला एग्रिकल्चर एण्ड लाईभ स्टक फार्म । २४ रोपनी क्षेत्रफलमा फैलिएको यस कृषि फार्ममा पश्चिम पाहडमा पाईने कुनै पनि अर्गानिक खानपिन नपाईएला कि भन्नु छैन ।

२ करोड भन्दा बढी लगानीमा दुई वर्षदेखि सञ्चालनमा ल्याईएको त्यस कृषि फार्म संग भान्छा घरको अर्गानिक खानपिन र सुविधा सम्पन्न सुत्ने ठाउँको व्यवस्था समेत छ । छेवैंमा दरमखोलाको सुस्साहट संगै त्यहाँको खानपिन र बसाईले दशैंमा पाहड घर बसाईको अनुभुति दिलाउँछ । दिनमा चारैतिरको हरियाली र दरमखोलाको सुस्साहट अनि साँझमा रंङ्गिविरङ्गी बत्ति र नाचकगानले तब पो दशैंको रमझम… भन्ने अनुभूति दिलाउँछ ।

देश विदेशको अनुभवले पर्यटकीय गन्तब्यका रुपमा आफु र आफ्ना साला टोपबहादुर खत्रीले संयुक्त रुपमा करिब २ करोड लागतमा सञ्चालनमा ल्याएको र मासिक करिव ३ लाख आम्दानीको लक्ष्य लिईएको सञ्चालक छुम बहादुर थापा बताउँछन् । विदेशी पर्यटक भित्राउने लक्ष्य लिइएपनि कोभिडका कारण उनिहरुलाई भित्राउन नसकिए पनि झापा , काठमाण्डौं , पोखरा बुटवलसहित चारै तिरका नेपालीहरु आएर अर्गानिक खानपिनको आनन्द लिने गरेको उनको भनाई छ ।

डेढ सय भन्दा बढि बंगुर पालन गरिएको र झण्डै ८० वडा पाठा बेच्ने भईसकेको तर बजार पाउन नसकिएको समस्यामा परेको थापाले बताए ।
कुनै समय धान मकै मात्रै फल्ने त्यस खेतमा त्यसको आठौं गुना आम्दानी दिने सर्वधोक उत्पादन त्यहाँ हुने गरेको छ । पाँच वटा पोखरीमा माछा , लोकल कुखरा , लोकल अण्डा हाँस , टर्कि, डेढ सय भन्दा बढि बंगुर पालन र टनेलमुनीको तरकारी खेतीले भरिभराउ छ । जहाँ बंगुर र हाँसको छोईला अनि लोकल खुकुराको रस संग कोदो र फावरको ढिडो अनि बाग्लुङ्गे तिनपानेमा रमाउने गरेका छन् आन्तरिक पर्यटकहरु ।

उक्त कृषि फार्मले स्थानीय युवाहरुलाई गाउँमै बसेर केहि गर्न सकिदो रहेछ भन्ने कुरामा प्रोत्साहित गरेको र स्थानीयदेखि प्रदेश र संघीय सरकारले समेत त्यसलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छिमेकी साविक रिघा गासिसका पूर्व उपाध्यक्ष गैगा भुजेल बताउँछन् ।

गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले त्यस कृषि तथा पशुपालन फार्ममा विगतमा थुपै्र कुखराहरु मरेर ठुलो क्षति भएको र आफूहरुले राहत उपलब्ध गराउने प्रकृयामा रहेको र अन्य कृषि पशुपालनको क्षेत्रमा पनि प्रोत्साहनमा थुपै्र कार्यक्रमहरु सञ्चालन गरेको बताए । उनले भने सय जना भन्दा बढि कृषकहरुलाई नगरपालिकाले ब्याज तिरी दिने गरि दुई करोड भन्दा बढी बैंकबाट लगानी उपलब्ध गराएका छौं ।

वडा नम्वर १ मा भैसीपकेट क्षेत्र बनाउन ५० प्रतिशत अनुदानमा पाडा उपलब्ध गराएका छौं र कृषि पशुपालनबाटै गल्कोटवासीमा समृद्धि ल्याउने पहलमा हामी लागेका छौं ।’

फार्म सञ्चालक छुमबहादुर थापाका साला टोपबहादुर खत्री गल्कोट क्षेत्रका कहलाएका फोटोग्राफर हुन । उनले फोटो स्टुडियोको पेशा छाडेरै कृषि तथा पशुपालनमा लागेका छन् । विदेशी वा स्वदेशी पर्यटकहरुलाई रात बिताउनका लागि दरमखोलाको तिरैमा त्रिपालमुनी दुई दुई सेट विस्तराको व्यवस्था छ ।

बेग्ला-बेग्लै कोठा सहितको लज स्ुविधा पनि रहेको छ । ब्यवस्थित पार्किङ, चारैतिर झिलिमिली बत्ती सहितको वातवरणले साँझको बसाई थप आनन्ददायी हुने गरेको त्यहाँ बस्न पुगेकाहरुले बताउँदै थिए ।

तपाई पनि त्यस सुन्दर नगरी गल्कोटमा अवस्थित दरमखोला एग्रिकल्चर फार्ममा पुगेर ‘माछा मिठा असला दरमखोलाको’ बाजातालमा झुम्दै यसपालीको दशैं विशेष स्मरणीय बनाउने कि ?