ताजा अपडेट »

इतिहास र राजनीतिको तुलनात्मक अवस्था

शुक्रबार, १४ असोज २०७९

‘राजनीति इतिहासको जरा हो इतिहास राजनीतिको फल हो।’ भने जस्तै विद्यमान विश्व परिवेश वा नेपालको परिवेशमा राजनीति र इतिहासको तुलनात्मक अवस्थालाई अध्ययन गर्नु वा यसको मूल्य र मान्यता माथि बिबेचना गर्नु कति औचित्यपूर्ण हुन सक्छ रु अथवा नेपाली समाजले राजनीति र इतिहासको अन्तरसम्बन्ध लाई कसरी ग्रहण गर्यो यो पनि आँखी झ्यालबाट चित्रण गर्ने विषय सामग्री हो ।

ह्ेरी डोटसलाई आधुनिक इतिहासका पिता मानिन्छ । तथापी पूर्विय सभ्यता वा पश्चिमेली पाश्चात्य सभ्यतामा अभिलेखित बिभिन्न धर्मग्रन्धका आधारमा इतिहास लेखन को प्रारम्भिक चरण सुरु भएको कुरा इतिहासकारका पुस्तक वा लेखनबाट हामीले सो कुराको पुष्टी भएको पाउँदछौ । आजको आधुनिक मानव समाज ग्रीक सभ्यता वा युनानी सभ्यताको उपज हो भन्दा फरक नपर्ला । तथापी १९ औँ शताब्दी पछिका नयाँ विश्व घटना क्रमले केहि विचारमा विविधता ल्याएको महसुस गर्न सकिन्छ ।

नेपालको सन्र्दभमा इतिहासकार बाबुराम आचार्यलाई आधुनिक इतिहासको पिता मानिन्छ । यद्यपी योगी नरहरिनाथ, धुर्व चन्द्र गौतम, नयन राज पन्त लगायतको नाम पनि इतिहासकारको रुपमा परिभाषित गर्ने गरिन्छ । मुलभूत रुपमा नेपाली इतिहासलाई चार भागमा विभाजित गरी यसको अभिलेख वा यसको निर्माण गरेको पाईन्छ,। प्रागैतिहासिक काल, प्राचिनकाल, मध्यकाल र आधुनिक काल। तर यती मात्र काफी छैन इतिहास वर्तमान र भविष्यको पनि मार्गचित्र हो । इतिहास आँफैमा विश्लेष्ण, बिबेचना, अनुसन्धान र प्रयोगात्मक गतिविधिको परिणाम बोधक तत्व हो ।
युनानी सभ्यताबाट विकसित भएको राजनीतिक दर्शन शास्त्र पनि समाजको अमुक ईकाइ हो । समुदायगत तहमा यसको गहिराई र सारभुत तत्व माथि खासै बिबेचना भएको पाईदैन । एरिस्टोटल, प्लेटो, सोकरेट्स हुँदै म्याकियाभेली, काल र्माक्स, हेगल, स्पेङगलर जस्ता दर्शन शास्त्रीहरुले राजनीति र इतिहासलाई समाज बदल्ने प्रमुख पद्धतिको रुपमा ब्याख्या गरेका छन् । शिसेरो, मनटेस्क्यु, सिग्मन्ड फ्राएड, एडम स्मीथ, डार्बिन जस्ता दर्शन शास्त्रीले इतिहास, राजनीति, समाजसास्त्र, अर्थसास्त्र, मानब विज्ञान, प्रकृतिवाद, जीवशास्त्रवादको बारेमा विविधत्माक विचार अघि सारेको पाईन्छ । आजको समाज त्यसैको कडी हो ।

जे होस् इतिहास र राजनीति पर्यायवाची शब्द नै हो । यी दुबैको अभावमा समाजले पूर्णता पाउन सक्दैन । तर इतिहास र राजनीतिक पाटोलाई साँघुरो ढङगबाट हेर्ने हाम्रो मनोवृतिमा सुधार चाहि भएको छैन । समाजका एक तहका पठित वर्गको पहुँचमा अध्ययन सामग्रीको उपलब्धता हुनु वा पुस्तकालय, लाइब्रेरी मा सिमित मानिसको पहुँच हुनुले पनि इतिहास र राजनीतिको प्रगाढता माथि अन्याय भएको हुन सक्छ । जागरण, चेतना, जागृतिको माध्यमद्वारा समाजलाई उत्साहित, अभिप्रेरित गर्न सकियो भने इतिहास र राजनीतिको बिराट मार्गचित्र प्रगेल्न, केलाउन र अध्ययनमा समेत सुरुचीकर अभिवृद्धि हुनेछ । इतिहास र राजनीतिको अत्याधुनिक पाठशाला निर्माण हुन जरुर छ । पाठशालाले हजारौ बिद्धान, प्राज्ञिक, बौद्धिक र अनुसन्धानकर्ता जन्माउन सक्छ ।

शिक्षा, सूचना तथा प्रविधि जस्ता साधनमा फड्को मारे पनि त्यँहा भित्रको धरातलिय सत्यता भनैकै युनानी सभ्यता वा पाश्चात्य विज्ञानका उपर कै परिणाम हो । हाम्रो मौलिक र लौकिक विज्ञान बिलुपीकरण हुनुले हामीलाई पाश्चात्य शिक्षामा निर्भर बनाएको हुन सक्छ । पूर्विय दर्शन शास्त्रमा कौटिल्य, कन्फुसियस अझ गान्धीसम्मको अवस्थालाई राजनीतिक परिवर्तनको मुलद्धार ठानिएको छ । सारत्वमा बेद, महाभारत, रामायण जस्ता धार्मिक ग्रन्थमा आधारित पूर्विय सभ्यता पाश्चातात्यको हकमा अलि पृथकछ भन्न सकिन्छ । हुन त कुरान, बाईबल स्ता पुस्तककै उपज पाश्चात्य इतिहासको जग हुन सक्छ । १६ औं शताब्दीदेखि १९ औं शताब्धी सम्मको उल्लेखनीय आधुनिक जागरणले आजको २१ औं शताब्दलाई बुद्धि बिलासिताको फराकिलो आंगन निर्माण गर्न टेवा पुराएको छ ।

इतिहासले विचारको प्रभाहलाई अभिलेखित गर्छ भने राजनीतिले विचारको प्रवाहलाई संप्रेषित गर्दछ । दुबैको अन्तरघोलन समाजको चित्रण माथि महत्वपूर्ण कडी हो। अनुसन्धान, अध्यन, खोज तथा संकलन गर्दै पुरातत्व विभाग, अभिलेखालय,संस्कृतिविद, अनुसन्धानकर्ता, आविष्कारकर्ता लगाएतलाई संरक्षित गर्ने एउटा वृहत पाठशाला निर्माण गर्न सकियो भने नेपाली समाजले भिन्नै पहिचान स्थापित गर्न सक्छ। नेपालमा संचालित विश्व विद्यालयमा इतिहास र राजनीति शास्त्रको अध्ययन अध्यापन गराई यतापनि उत्पादित विद्यार्थीलाई उपभोग गरी राज्यस्तरमा समाहित गर्न नसक्नुले पनि राजनीति र इतिहास निर्माणमा संकुचन पैदा भएको छ ।

भाषा, कला, साहित्य जस्ता अनुपम श्रृजनाको मूल संवाहक हो इतिहास भने राजनीति त्यसको मूल प्रभाव हो । रान्के, भोल्टाएर जस्ता दर्शनशास्त्रीले राजनीति र इतिहासलाई एक सिक्काको दुई पाटाको रुपमा विश्लेषण गरेका छन्। नेपाली समाजलाई अझै पुरस्कृत बनाउन एक पटक सबै लाग्नु जरुर छ । इतिहास र राजनीतिको स्वच्छन्दतालाई भिमकाय र सुसंस्कृत बनाउन प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ता, लेखक र स्वयम् राज्य स्तरका सम्बन्धित निकाय लाग्ने हो भने इतिहासको संरक्षण र पुर्ननिर्माण साथै राजनीति को जागरण र सुसंस्कृत राजनीतिक विकास क्रममा टेवा पुग्दछ।