ताजा अपडेट »

नागरिक समाज र यसको भुमिका

आइतबार, २६ भदौ २०७९

नागरिक समाज भनेको निष्पक्ष र स्वतन्त्र ढंगले वकालत गर्ने नागरिकहरुको समुह हो । एक अर्थमा आवाज बिहिनहरुको आवाजलाई सम्वोधन गर्ने मञ्च पनि नागरिक समाज हो । समाजमा देखिने असंगती वा बिकृति अथवा दबेका, लुकेका, छिपेका, अभिव्यक्त गर्न नखोजिएका नागरिकका जनगुनासो र सरोकारलाई अधिकारको प्रत्याभुति गराई न्यायीक कठ्घेरामा उभाउने मञ्च नै नागरिक समाज हो । सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपले उत्पीडनमा परेका वर्गको वर्गीयमुक्ति र समानताको आधारशिला निर्माण गर्ने प्रकृयागत थलो हो नागरिक समाज ।

नागरिक समाजको लामो इतिहास र यसको अस्तित्व को विषयमा नेपाली समाज चिरपरिचीत लामै समयदेखि छ भन्दा फरक नपर्ला । तर २०६२/२०६३ साल पछिका चेतनशिल नागरिक यसको काम र कर्तब्यबाट बिलकुलै जानकार छन । ०६२/०६३ को सालको तेस्रो जनआन्दोलनमा नागरिक समाजको भुमिका नभएको भए सायद संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना नहुन पनि सक्थ्यो तसर्थ यसको श्रेय नागरिक समाज ले लिनु किमार्थ गलत सावित हुदैन । नागरिक समाजले यस्ता कैयो आन्दोलनमा निष्पक्ष रुपमा नागरिक हक अधिकार का विषयमा आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्दै आएको छ ।

रुपन्देही नागरिक समाज पनि यस रुपन्देही जिल्लामा हुने राजनितकि, सामाजिक र आर्थिक समस्या को निराकरण का लागी बिगत लामो समय देखि स्थापित संस्था हो । यो क्षेत्रमा नागरिकका जनगुनासोलाई सम्बोधन गर्न हरदम तयार रहि आफ्ना काम र कर्तब्य प्रति प्रतिबद्ध भई काम गरिरहेको छ । नागरिकलाई बिभिन्न अन्तरक्रियामा, प्रशिक्षण, भेला, गोष्ठी गर्दै सचेत बनाउदै पनि आएको छ । बजार महङ्गी, बस्तुको गुणस्तर तथा विभिद उपभोक्ता हित संरक्षणका विषयमा विभिन्न निकायसंग समन्वय गर्दै अग्रसर रहेको छ । रुपन्देही जिल्लाका विभिन्न स्थानीय क्षेत्र यसका शाखा समितीहरु निर्माण भएका छन । देवदह नगरपालिका, शिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका लगायत अन्य स्थानीय क्षेत्रमा उप समिती समेत निर्माण गरिसकेको छ ।

दलियता रहितको नागरिक समाज अमुक विषय हो । यसमा पक्कै पनि नागरिक समाज चनाखो हुनुपर्दछ साथै दलियताबाट अक्षुत रहनुपर्दछ । राजनिती जिवन पद्धति हो यसलाई अंगिकार र आत्मसाथ गनुृपर्छ । राजनिती बिना समाज अधुरो छ, समाज बिना नागरिक अधुरा छन भन्ने विषयमा चिन्तन मनन गरी सुसंस्कृत र सुशभ्य राजनीति स्थापितका लागि नागरिक समाज दलियताबाट अक्षुत रहि आफ्ना आवाज बुलन्द गराउन कटिबद्ध छ र हुनुपर्दछ । मानवतायुक्त समाज निर्माण गर्नु नागरिक समाजको मुल आधार हो । अधिकार बिहिनका आवाजलाई सम्बन्धित निकायसम्म सरोकार गराउने मात्र होईन संबिधान, देवानी संहिता ऐन, मानबअधिकार र पंचशिलका सिद्धान्तमा रहेर कानुनी उपचार र कार्वाही समेतका प्रकृयामा नागरिक समाज उभिन आवश्यक छ । देशभर लगायत रुपन्देही क्षेत्रमा समेत रहेका अनाथ बालबच्चा, उत्पीडनमा परेका महिला, घरेलु हिंसामा परेका व्यक्ति, अशक्त, अपाङ्ग, गरीब, ज्येष्ठ नागरिक लगायत संवेदनशिल समुदायको हकहितमा आवाज उठाउनु पर्दछ । मानव संरक्षण, प्रकृति संरक्षण, बन्यजन्तु तथा वनस्पती संरक्षण, भुगोल संरक्षण जस्ता महत्वपुर्ण विषयबस्तुमा समेत नागरिक समाज क्रियाशिल हुनुपर्दछ । लागुऔषध दुब्र्यसनी, मानब बेचबिखन, भ्रष्टचार र कुसाशनका बिरुद्ध रचनात्मक कार्य गर्दै नागरिक समाजको भुमिका र कार्यदिशालाई प्रगाढ बनाउनु पर्दछ ।

देशभर छरिएर स्थापित भएका नागरिक समाजका संस्थाहरु एउटा मालामा उभिन सके नागरिक समाजको एकिकृत शक्ति निर्माण हुने थियो । विभाजित उदेश्यमा अग्रसर हुन भन्दा सामुहिकतामा उदेश्य निमार्णु गर्नुले संस्थाको गरिमा उच्च राख्न सक्दछ । नागरिकाका काममा समेत तदारुकता र क्रियाशिलता बढ्ने गर्दछ । रुपन्देही नागरिक समाजले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ भने बिभिन्न सहयोग लक्षितका कार्यक्रम समेत बिपन्न, असहाय,गरिब, अपाङ्ग वर्गलाई गर्दै आएको छ । नागरिक समाज मा आबद्ध हुने क्रमिक संख्या बढेको समेत अनुभुति गर्न सकिन्छ । देशमा देखिएका नव चुनौती र नव समस्या माथि सबैले मनन गर्नुपर्दछ । सामाजिक सद्धाव र मानविय एकता कायम गर्दै पुरस्कृत समाज निर्माण गर्न नागरिक समाज ले आफ्नो भुमिका लाई मर्यादित तवर बाट बिकास गर्नु पर्दछ ।

अन्त्यमा नागरिक समाज सबैको आँगन हो । राज्यले नागरिक समाजलाई अभिन्न अंगको रुपमा बिकसित गर्नुपर्दछ । राजनितीक नेतृत्व वा राजनीतिक दलले नागरिक समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुर छ । नागरिक समाज दलियताको बिरुद्धमा पटक्कै पनि होइन तर दलियता भित्र देखिएका राजनीतिक कुसंस्कार, बिकृति र भ्रष्टचार माथि नागरिक समाज चनाखो हुनु यसको दायित्व पनि हो । अनुसाशनमुखी राजनीति आजको अपरिहार्यता हो यसलाई उजागर गर्न नागरिक समाज स्वतन्त्र रुपमा लाग्नै पर्दछ । रुपन्देही नागरिक समाज कार्यसमिती, यसका उपकार्यसमिती र आम नागरिकको एकरुपताले नै रुपन्देहीको सुदुर भविष्य समृद्धि तर्फ उन्मुख हुने हुँदा यहाँका राजनीतिकर्मी, बुद्धिजिवी, पत्रकार, लेखक, समाजशेवी आदि लगायतविच भातृत्व र मातृत्वको सम्बन्धका साथ एकजुट भएर अघि बढ्नु पर्दछ । रुपन्देही नागरिक समाजले आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै नेपालभर छरिएका अन्य नागरिक समुह बिच एकता को प्रयास जारी राखी सामुहिकताको घर निर्माण गर्न सके अधिकार बिहिनका आवाज समाजका लागि बुलन्द हुन सक्दछन ।