नेपालको परिपेक्ष्यतामा समृद्धिको बहस एउटा बेतुकको बहस सिद्ध भएको छ । समृद्धि शब्दको पछाडि यो अतिरञ्जना स्थापित हुनुका कारण यसका ठोस अन्तर्य माथि अध्ययन नहुनु वा उपयुक्त चालनु पर्ने कदम नचालिनु पनि हन सक्छ । राज्यको स्तरबाट हेर्दा समृद्धि एउटा बृहत शब्दकोश हो जस भित्र मुलुक को अथाहा सम्भावना लुकेको छ । भौगोलिक विविधतता, सांस्कतिक र धार्मिक सम्पदा, प्रकृति र पर्यावरण मुख्यत यी तीन चिज बढि महत्वपुर्ण छन संमृद्धि हासिलका लागी ।
हिमाल, पहाड र तराईको भौगोलिक समिश्रणले यहाँका मानिसहरु देव तुल्य हुनुपर्ने । तर बदलिदो हाम्रो स्वभावले हामीलाई दानव तुल्याउँदै छ । निहत्थामा समृछिको कृतनमा रमण गरिरहेका छौँ । समृद्धिको सामान्य अर्थ सम्पन्नता, अभ्युदय, उन्नती वा प्रगति अथवा सुखि हुनु वा खुसी हुनु भन्ने होला तर हामी कहिले सम्पन्न , अभ्युदय, सुखी वा खुसी भयौ त ? देश कहिले सुखी भयो त ? राज्य को पहुँचमा हुने वा राज्यको भोग गर्ने अथवा देशको प्राकुतिक श्रोत साधन माथि हालिमुहाली गर्नेहरु सुखि भए होलान । नेसनल जीडिपी को ७० प्रतिशत उपभोग गर्ने उन्नत मध्यम वर्ग वा जी.डि.पी कै २० प्रतिशत उपभोग गर्ने हुनेखाने वर्ग र जनसंख्याका आधारमा १० प्रतिशत उपभोग गर्ने ८० प्रतिशत निम्न ( हुदाँ खाने वर्ग ) लाई कहिले समृद्धि आयो र ?
समृद्धिका न्युन्तम उपलब्धी समेत हासिल गर्न नसकेको समाज समृद्धिको बहस तिर किन हतोत्साहित हुँदैछ यो विचारणीय विषयबस्तु हो । नागरिकका न्यूनतम आवश्यकता गाँस, वाँस,कपास समेतको प्रत्याभुति दिन नसकेको राज्य, शिक्षा, स्वास्थ्य, रोजगारीका अबसर श्रृजना गर्न नसकेको राज्य कसरी समृद्धि तिर उन्मुख हुन सक्छ । समीक्षा र सन्देह गर्ने पाटो यो हो । बेल्जीयम, स्वीडेन वा नर्वे जस्ता समृद्धि हासिल गरेका विकास उन्मुख देशको चर्चा गरेर केही फाइदा छैन बरु हाम्रो भौगोलिक विविधतता, हाम्रा सांस्कतिक र धार्मिक सम्पदा, हाम्रो प्रकृति र पर्यावरण माथि खोज अनुसन्धान र चिरफार गर्न सके समृद्धिको यात्रा तर्फ उन्मुख हुने थियौं ।
राज्य संचालनका अमुक निकायको अर्जुनदृष्टि हुनुपर्छ । राष्ट्रिय योजना आयोगले योजना कागजातमा मात्र सिमित गर्नु मिल्दैन त्यसको कार्यान्वयनको पाटो माथि निगरानी बढाउनु पर्दछ । अथाहा सम्भावना भएको मुलुक हो नेपाल । पुर्व मेचीदेखि महाकाली सम्मका प्राकृतिक श्रोत साधनको भूउपयोग नीति साथै प्राकृतिक श्रोत साधन प्रयोग नीति कार्यान्वयन गर्नुपर्छ । उत्पादनशिल क्षेत्रमा कृयाशिल हुनुपर्दछ । पर्यटन, जडबिुटी, पानी, उर्जा हाम्रा बहुमुल्य संमृद्धिका साधन हुन त्यसको भरपुर सदुपयोग गर्नुपर्दछ । जसका कारण आन्तरिक रोजगारीमा बृद्धि हुने, नेसनल जीडीपीमा बृद्धि हुने, व्यवसायीकता र उद्यमशिलतामा छलाङ मार्न सक्ने स्थितीको विकास हुने गर्दछ ।
उपभोगितावाद र एकअधिकारवाद आजको हाम्रो प्रमुख समस्या हो भने खुल्ला अर्थनीति र उदार अथनीति हाम्रो अवसर पनि हो यसलाई समुचित रुपमा प्रयोग गर्न सकियो भने बि. सं २१०० सम्ममा समृद्धिका हाम्रा सपना पुरा हुनेछन । अस्थिर राजनीति। भ्रष्टचार, कुशासन समृद्धिका शत्रुसरह हुन यस्ता अवान्छित गतिविधिलाई निस्तेज गरी लोककल्याणकारी र शुसासनमुखी राज्य स्थापित हुनुपर्दछ । सन् २०२० को नेपाल भम्रण वर्ष कोभिड १९ का कारण प्रभावित भएपनि सन् २०२३ तिर नेपाल भ्रमण वर्षलाई नेपाल सरकारले कार्यान्यनमा ल्याउनु पर्छ । देशका ७ वटै प्रदेशमा जडुबुटी पशोधन केन्द्र खोलिनु पर्दछ । स्थानीय पालिका, नगर, उपमहानगर र महानगर समेत समृद्धि निर्माणका लागि नीतिगत र कानुनी रुपमा तयार हुन आवश्यक छ ।
बि.स २०८५ सम्म उर्जा युक्त देशको परिचय स्थापित गर्नु पर्दछ । कृषि, पशुपालन क्षेत्रको व्यवसायीकरण र उन्पादनमा विकास गर्नुपर्दछ । पिउने पानीलाई उद्योगमा रुपान्तरण गरी निर्यात गर्न सके विश्वको दोस्रो धनी देशको परिचय पुर्नस्थापित हुन सक्छ । सार्वजनिक यातायातलाई नेपाल सरकारको मातहतमा परिमार्जित गरी संचालन गर्नुपर्दछ । पर्यटन मैत्री सडक संजाल र सुरक्षा युक्त क्षेत्र निर्माण गर्न सके मुतिmनाथ, पशुपत, बराहा, पाथीभारा, बढिमालिका, रुरु रेसुङ्गा, गोसाईकुण्ड, सिद्धबाबा, लुम्विनी, कालीञ्चोक भगवती, मनकामना आदी तमाम धार्मिक क्षेत्रमा पर्यटकिय चापले आर्थिक बृद्धिमा टेवा पुराउन सक्दछ । शिप कला को पर्वदनका साथै काष्ठकला र हाम्रा प्राचिनतम सिकमी, नकर्मी र डकर्मी जस्ता विज्ञान मार्फत थुप्रै बस्तुको आविश्कार गर्न सकिन्छ । होटल र हामेस्टे जस्ता आर्थिक सुधारका भौगोलिक क्षेत्र पहिचान र निर्धारण गरी विकास समेत गर्नुपर्दछ ।
राष्ट्रिय प्राकृतिक श्रोत साधन तथा अनुसन्धान केन्द, आविश्कार केन्द्र मार्फत हाम्रा समृद्धिका साधनको पहिचान गरी यथासिघ्र प्रयोगमा ल्याउन सकियो भने राम्रै नतिजा हासिल गर्न सकिन्छ । मानव विकास सुचाङ्कमा बृद्धि, प्रतिव्यक्ति आयमा बृद्धि, नेसनल जि.डि.पी मा बृद्धि, शिक्षा र स्वास्थ्यका सुचक माथिको छलाङ जस्ता समृद्धिका मानक माथि उपलब्धी हासिल गर्न सके मात्र संमृद्धि सम्भव छ । राज्य स्तरबाट जुन प्रकारले भौतिक पुर्वधारलाई मात्र समृद्धि हो भन्ने मिथ्या निमार्ण गरिएको छ यसले समृद्धिमा सङकुचन निर्माण गर्नु बाहेक अरु केही हात लाग्ने वाला छैन् । युवा पलायन नीति, बन्द हडताल, चन्दा आतंक जस्ता राजनितीक बिकृति लाई समेत रोक्न सकियो र आन्तरिक रोजगारी पर्वदन गरीयो भने २४ प्रतिशत मेडिएन एज ग्रुपले ठुलै उपलब्धी हासिल गर्ने छ । स्थायी र शान्तिको मार्गमा राजनीति अग्रसर हुनुपर्छ ।
आर्थिक सुधारका कार्यक्रम, बजेट रकमको उपयुक्त प्रयोगद्वारा सम्भावित समृद्धिका लक्ष्य प्राप्तिका लागि रचनात्मक कार्य गर्न सक्नुपर्दछ । लगानीमैत्री वातावरण सृजना गर्न सके कलकारखाना, उद्योग संचालन गर्न सके मात्र देश समृद्ध हुन सक्छ । आर्थिक जोखिम न्युनिकरण, आवश्यकता र क्षमता अनरुपको बैदेशिक सहयोग लिनु पर्दछ । बिबेक बिनाका समृद्धिका तर्कको कुनै औचित्य छैन । चुनावी नारामा मात्र सिमित समृद्धि परआश्रीताको उपज हो । त्यसैले समृद्धिका बेतुक बहस भन्दा समृद्धिका अन्तर्यमा नेपाली समाज शिक्षित भयो भने सबैको जय हुनेछ ।
प्रतिक्रिया