नेपालको सामाजिक रुपान्त्रणसंगै भौतिक,भौगोलिक, आर्थिक र राजनीतिक रुपमा रुपन्देही जिल्लाले असाधारण फड्को मार्दै गएको अवस्था छ। उत्तरतर्फ पाल्पा जिल्लामा परेका पर्यटन पहाड नुवाकोट र बसन्तपुर चेपबाट सलल बगेको तिनाउ नदी दक्षिणतर्फ फिजेको समथर भूभाग, पूर्व र पश्चिमको साइनो जोड्ने मध्यकेन्द्र रुपन्देही आँफैमा प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक तवरले समृद्ध छ । ब्यापार, कृषि, पर्यटन, उद्योग र शहरीकरण अवधारणा भित्र समेत यसले आफ्नो अस्तित्व कायम गर्न सफल भएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, स्याङजा, पर्वत लगायत का जिल्लाबाट बसाई सराई गरी आउनेको जनघनत्व दिनप्रति–दिन वृद्धि विकास भैरहेको सहजै महसुस गर्न सकिन्छ।
नयाँ संघीय संरचना अनरुप १६ वटा स्थानीय तह मध्ये एउटा उप महानगरपालिका ५ वटा नगरपालिका र १० वटा गाउँपालिकाको प्रशासनिक स्थानीय संरचना रुपन्देही जिल्लाले ओगटेको छ । पर्यटन, उद्योग, ब्यापार, कृषि र पूर्वाधारले सम्पन्न रुपन्देही जिल्ला नुन बोक्न आउने थलो मात्र होइन आज नुन बोक्नेहरुकै आवास क्षेत्र निर्माण भएको छ । भौतिक पूर्वाधार, सडक, सिँचाई ,विद्युत, पुलपुलेसा,पार्क उध्धान, खेलकूद, सूचना र संचार मा नागरिक पहुँच, यातायात सुबिधा, सुरक्षा, रोजगारी, मानविय चेतनामा वृद्धि यहाँको रहन–सहनका विशेषता माथि हासिल गरेका असाधारण उपलब्धीहरु हुन् ।
आधुनिक नेपालको समयसंगै पश्मिाञ्चल पहाडी क्षेत्रका मानिसहरुको श्रममार्ग पनि यही थियो । विशेष गरी छिमेकी मुलुक भारतमा रोजगारका लागि आवात–जावत गर्ने मूल केन्द्र पनि रुपन्देही जिल्ला थियो। जितगढी किल्ला को महत्व, उजिरसिंहको वीरताको गाथा, भगवान गौतम बुद्धको आँगन, नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय एयरपोर्ट ,बेलहैया नाका जस्ता एतिहासिक र महत्वपूर्ण विषयबस्तुले रुपन्देही जिल्लाको विकाश र सुदुर भविष्यलाई श्रंगार गरेको छ।
मूल कुरा त रुपन्देहीको भविष्य कस्तो बनाउने अथवा यहाँका नेतृत्वकर्मीले रुपन्देहीको भविष्य निर्माणमा कस्ता योजना अघि बढाइर हेका छन् भन्ने हो । महानगरपालिकाको अवधारणातर्फ केन्द्रित हुन जरुर छ । महानगरपालिका बन्नको लागि पर्याप्त त्यसका इन्डिकेटर सम्भवतः हासिल भैसकेका छन् । अब बिलम्व नगरी घोषणा गर्दा उपयुक्त हुन्छ । पाल्पा जिल्ला मा पर्ने पर्यटन पहाड नुवाकोट र बसन्तपुरमा केवलकार परियोजना अघि बढाउने भनियता पनि यसको कार्यमा ढिला सुस्ती देखिएकोले यसको प्रकृयालाई निरन्तरता दिनुपर्छ ।
तिनाउ नदिलाई ब्यवस्थित गरी सरसफाइका कार्यक्रमसँगै जल उपयोगिताको सिद्धान्त अनरुप उर्जा र सिचाईमा रुपान्त्रण गर्नु पर्दछ । विद्युतीय सार्वजनिक यातायातको प्रयोगमार्फत बुटवल–सिद्धार्थनगर, बुटवल, मणिग्राम, फर्साटिकर, तामनगर हँुदै पूर्ण बुटवलको रिङरोड यातायात मार्गको रुपमा विकास भयो भने आम नागरिकका लागि सार्वजनिक यातायातको पहुँचमा टेवा पक्कैपनि पुग्ने छ ।
बेलबास बेथरी सडक खण्डलाई कार्गो मार्गको रुपमा ब्यवस्थित गर्न सक्यौं भने गौतम बुद्ध अन्तराष्ट्रिय एयरपोर्टको भविष्यगत चाप न्यूनिकरण हुन सक्दछ । सौराहास्थितको पुल निर्माण भैसकेकोले देवदह, तिलोत्तमा, बु.उ.म.न.पा, शुद्धोधन हुँदै लुम्बिनी जाने बुद्ध सर्किट मार्गलाई कृषि सडक मार्गको रुपमा विकसित गर्न सक्यौ भने पनि कृषि, पशुपालन ब्यवसाय, दुग्ध ब्यवसाय, तरकारी खेती लगाएतका कृषिजन्य बस्तुको आदान–प्रदानमार्फत समृद्धिको मार्गमा उन्मुख हुनेछौं । एडिबिको लगानीमा निर्माण हुने महेन्द्र राजमार्ग अन्तर्गत बुटवल –कपिलबस्तु मार्गले पक्कै पनि ठूलै राहात दिनेछ ।
भैरहवादेखि तिलौराकोट मार्गको स्तर उन्नति गर्दै बुद्ध आध्यात्मिक मार्ग बनाउन सकियो भने पर्यटनमा ठूलो प्रभावसँगै नयाँ श्रृजनात्मक र एतिहासिक कार्य को बिस्तार हुने छ । बौद्ध युनिभरसिटी, लुम्विनी बाणिज्य विश्वबिधालय लाई प्रभावकारी बनाउन सकियो भने शिक्षा मा आमुल परिवर्तन गर्न सकिन्छ। मोतिपुर औधोगिक करिडोर मा देखिएका नागरिक समस्या र जन गुनासोलाई सम्वोधन हुनेगरी उद्योग कलकारखाना स्थापित गर्न सक्यांै भने उद्यमशिलता र ब्यापारमा फड्को मार्ने सम्भावना हामी सबैका आँखा अगाडि छरपष्ट छ ।
मान्छे मार्ने सडक खण्डको रुपमा परिभाषित भएको बुटवल, तानसेन राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्र सडकलाई बैकल्पिक मार्ग को रुपमा स्थापित गर्नुपर्दछ । बढ्दो जनसांख्यिक जनघनत्व लाई मध्यनजर गर्दै लुम्विनी प्रादेशिक अस्पताल, युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल लगाएतका अस्पताललाई जनताको शेवा प्रवाह क्षेत्रको रुपमा विकाश गर्नुपर्दछ । सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि अभिमुखिकरण तालिम , आवश्यक शिक्षा ऐन मा सुधार, प्रयोग्तामक शिक्षाको विकास गर्न खाँचो छ । यसले रुपन्देही जिल्लाबासीको शिक्षा र मनोविज्ञान सुदृढिकरणका लागि उल्लेखनिय सुधार ल्याउने छ । र, हाम्रा समद्धि र विकासका सपना साकार पार्न सहयोग पुर्याउने छ ।
रुपन्देही जिल्लाको सांस्कृतिक र धार्मिक क्षेत्र पहिचान गरी सिद्धबाबा क्षेत्र, लुम्बिनी शान्ति क्षेत्र , शुद्धोधन गा.पा को शियाभार, दर्वाहा र नागेश्वरधाम क्षेत्र, पर्रोहा बोलबम क्षेत्र ,मुक्तिनाथ धाम क्षेत्र, देबदहको गौसाला क्षेत्र लगाएतका धार्मिक र सांस्कतिक महोत्वमाथि गुरुयोजना तयार पार्न आबस्यक छ । दक्षिणतर्फ का कोटियामाही, मर्चवारीमाई, सम्मरीमाईको महत्वपनि एतिहासिक तवरले महत्ववपूर्ण छ । यहाँका आदिवासी थारु, मदेसी, जाती हरुको इतिहास र संस्कृतिलाई संरक्षण गर्न जिल्ला स्तरीय नाट्यकला, प्रतिष्ठान, अनुसन्धान केन्द्र, साहित्य कला केन्द्र स्थापित गर्नुपर्दछ । यसले सुदुर भविष्यमा आदिबासीहरुको कला र संस्कृतिको जर्गेनासंगै अभिलेख निमार्ण को प्रकृयालाई समेत फराकिलो पार्दछ ।
अन्तयमा हरेक समाजका आफ्ना चूनौती हुन्छन् त्यसलाई समाधानको बाटोतर्फ उदेलित्त गर्नु हामी सबैको दाहित्व हो । सुदुर केही वर्ष पश्चात् खाने पानीको समस्या रुपन्देहीले झेल्न सक्दछ त्यसैले हरियाली अभियान, ताल तलैया, खोला नाला, सिमसार क्षेत्रको संरक्षणमा सबै जुट्नु पर्दछ । योगीकुटीदेखि भैरहवासम्मको हरियाली मार्गले सबैलाई लालायित बनाएको छ । हामी रुपन्देही जिल्लालाई यस्तै सुन्दर र विकसित बनाउन अघि बढौं ।
प्रतिक्रिया