ताजा अपडेट »

म २० वर्षकी भएँ !

आइतबार, ०५ असार २०७९

खुसी र उमङ्गले भरिपूर्ण मेरो अनुहार, उज्यालो अनुहार,राता–राता गाला,ठूला–ठूला आँखा गराउँदै जन्मदिन मनाउन तल्लिन भएँ। किम्तिपनि समय नगिन्ने म घडिले कति बेला १२ बजाउँछ भन्दै हेर्दै थिएँ । एक सेकेन्ड नि मेरा लागि घण्टै लागिरहेको थियो। नभन्दै घडिले टिकटिक गर्दै १२ बजायो। सुरु भयो मेरो जन्मदिन । एक्लै भएपनि छुट्टै रोैनक, छुट्टै चमक, हसिलो मुहार,चम्किलो तारा जस्तै चम्किलो मुहार,मनमा उमङ्ग , उमेरले नेटो काट्ला भन्ने पीर त परै जावोस् जन्मदिन भनेर मजा चाहिँ बेग्लै थियो।

आखाँ नझिम्काई १२ बज्न साथ शुभकामनाको ओइरो लाग्यो। बिहान भयो उठेर फ्रेस भए पूजा आजा गर्न मन्दिर तिर लागे! कलेज गए कलेजको साथी,गुरुवर्गहरुले राम्रो शुभकामना र आशिर्वाद दिनुभयो । यति धेरै शुभकामना पाएकी प्रधानमन्त्रीले पद खाँदा नि प्रधानमन्त्री खुसी हुँदैन त्यति खसी म आफ्नो २०औं जन्मदिनमा भए । अरु साथीभाई, चिने–जानेको आफन्तले पनि शुभकामना दिए ! आफूसँग नजिक भएको साथीहरुले अब त २० वर्षकी भई मेरो साथी पनि ल बधाई छ भन्दै शुभकामना पनि दिए । सामाजिक सञ्जालमा फोटो राखेर शुभकामना दिनेको पनि ओइरो थियो। यति धैरै खुसी पनि थिएकी संसारको खुसी हुने ब्यक्तिम म पर्थे होला/दिउँसो थाहा पाउने हरुले दिउँसो पनि शुभकामना दिनु भयो । राति भयो परिवारसँग बसेर केक काटियो। बुबा–आमाले आशिर्वाद पनि दिनुभयो । भाइपनि मख्ख पर्दै सबैपरिवार मिलेर २०औं जन्मदिन पनि रमाइलोसंग मनाइयो।

‘पुगियो २० वर्ष अनि सुरु हुन थाले ‘ए छोरी तँ २० वर्षकी भइँछे घाँटी–घाँटी आइछन्’ भन्न सुरु भयो। कुरा सुन्न म विवश हुन्थेँ। केही काम बिगार्यो अब पनि के काम बिगारेको २० वर्ष भइसक्दा पनि बुढी भइस् । केही भयो भनी के गरेको यस्तो २० वर्षकी भइसक्दा पनि भनेर ताना सुरु हुन्छन्। अब त बिहे गर्ने बेला नि भएछ भनेर अर्कोले सुनाउँछ । मैले १५ वर्षमा गरेको १८ वर्षमा गरेको भनेर एक–एक भन्न थाले कि मानौं शिक्षकले विद्यार्थीलाई प्रश्न सोद्धै सबैको आ–आफ्नो जवाफ आउन थाले ।जवाफ यसरी सुरु भएर यसरी बन्द भयो कि लाइन गएको मोटरले पानी फयाँक्न बन्द भएझैं । तर, पनि कुरा सुन्दा मनमा कति पिर भएन ।

सुरु गरे छिमेकीहरु मेरो बिहे र जीवनको कोरियोग्राफर बन्न। अनि मेरो बिहेका डाइरेक्टर बन्न। यो ठिक त्यो,ठिक भनेर डाइरेक्सन दिन थाले क्या सजिले मानेर। लाग्छ आजभोलि म बजारमा बेच्नका लागि राखिएको एउटा बस्तु जसलाई थरि–थरिका ग्राहकहरु आउँदै यो मिलेन त्यो भएन भन्दै मोल,गुण,आकार,प्रकार गर्दछन्। अनि रुप,पढाई,कुल खान्दान संस्कार लक्षिन अनि मेरो क्वालिफिकेसनका सर्टिफिकेटहरु, विभिन्न पोजमा खिचिएका राम्रा तस्विरहरु अझै विभिन्न कुराहरुको यसरी नापतोैल,जाँचबुझ र लेखाजोखा गरिन्छ कि मानोै जसरी, मन्त्रीपरिषद्मा कैयाेंै मन्त्रीहरुको उपस्थितिमा बसेका भब्य बैठकले एमसीसी जस्ता ठूलो परियोजनालाई पास गरेको होस्। मैले लगाउने थरि–थरिका लुगाहरु,मेरो हिडाँई बोलिचाली मैले गर्ने ब्यवहार ,लगाएतका कुराहरुलाई यसरी नियालिन्छन् कि! मानोै,चामलको थुप्रोमा पसेका घुनहरुलाई छुट्याएको जसरी।

बल्ल जीवनलाइ अँगाल्दै अगाडि बन्दै हिँडेकि म अब त यसरी हिड्न पाउदिनस् समय जाला हेर है नानी भन्दै सुरु हुन थाले। आफन्तहरु लेखक बनेर जहाँ तिनकै लेख हरेक छोरी माथि प्रश्न खडा गरिन्थ्यो । यो उमेरसम्म बस्नु राम्रो होइन रे घरकालाई बोझ हुन्छ रे भन्दै सुरु गर्छन्। उनिहरुले भनेको भावानमा म त्यो अवस्थामा त्यही ब्यक्त बन्न बाध्य बनाइदियो जहाँ मलाइ मोैनता बाहेक केही उतर थिएन। नजान्नि विद्यार्थीलाई परीक्षा र मेरो जीवन एउटै लागि रहेको थियो। जहाँ अनेक प्रश्न हुदा उत्तर सधै मोैन,थिए त बस जवाफविहिन उत्तर । अनि मनमै खेलिएका कुरा जहाँ पानी हालेर मुसेको बालुवा झै त्यहीँ मनमै रोमल्थियो।

बुडी भइन्छ है बिहे गर्नु पर्छ है छिट्टै छोराछोरी पाउन गा¥हो हुन्छ । २० मा त ठिक्क हुन्छ भन्दै आफ्नो मजाकिय भावाना पोखिदिन्छन्। मेरो लागि बिहेको कुरा गर्न भनी जापान,कोरिया,अस्ट्रेलिया, दुबै, कतार लगाएतका देशहरुमा पुगेका केटाहरुको कुरा लिएर मेरो आफन्त ,छरछिमेकि भन्ने भनौंदाहरु दिनहुँ जस्तो मेरो घरमा आइपुग्छन्। उनिहरुका कुरा सुन्दा लाग्छ म विश्व ब्रहामण्ड घुम्नको लागि जन्मिएकी हुँ । मलाई फलाना देशमा गएको ढिस्काना केटासँग बिहे गरिदिने रे। मलाई बिहेको दाइँजो पलङ, दरा, सोफा, वासिनमेसिन, टिभि, आदि दिने रे ।
उनिहरुको कुरा सुन्दा लाग्छ म बिहे गरेर जाने भन्दा पनि एउटा होलसेल पसलबाट सामान उठाएर खुद्रा पसलमा बेच्नको लागि सप्लाई गर्दैछु। मनको खुसी कहाँ मारियो कती बेला मर्छ कहाँ मर्दैछ त पत्तै थिएन । अनि पत्ता पाउन सकिन र आफ्नो मनसँग म आँफै निशब्द हुन्थे । खुसी केहो जीवन के हो भनेर परिभाषा बुझ्न अगाडि बढ्दै थिए ।

बा–आमाका ती जिम्मेवारी आफुसँग हस्ताक्षर गर्न केही पैसा कमाउँदै थिए। मैले पैसा दिँदा आमाको मुहार उज्यालो र बाबाको सत्य त कर्मको हासो देखिराथे । मन उत्सुक हुँदै थियो,अझै प्रोत्साहन हुँदै थिए । जहाँ आएर भन्दै छन किन कमाउनु पर्यो,किन दुःख गर्नुपर्यो। तिम्रो दुःख बाउ आमाले बुझ्दैनन् क्यारे। पिआरवालासँग बिहे गर, आनन्दले बस् न , बुडाले कमाउँछ, बुढाको हेरचाह गर, खुसी साथ बिताउँ (के थाहा तिनलाई बुढाले नै कमाउँछ भनेर ) ती कुरोैटेहरुलाइ के थाहा मैले कमाएर दिदा आमाको मुहारको। खुसी बाबाको थाकेको शरिरमा नि मन्द मुस्कान छाएको अनि के थाहा तिनलाई दुबैजना मिलेर कमायो भने खुसी भइन्छ भन्ने। मैले आफ्नो खुसी र परिवारको खुसी मारी–मारी विवाह गरेर अरुको सिन्दुरले सिउँदो रंगाएर के मेरो जीवन रङ्गिन हुन्थ्यो र ? के म खुसि हुन्थे र ? के म अरुलाई खुसी दिन सक्थे र ? भन्दै हजाराेंै प्रश्नले मनमा खोला बगिरहेको थियो।

फलानाकी छोरीले बिहे गरिसकि, कति राम्रो घर पाएकी तिमीले पनि गर राम्रो घर पाउँछोै, गरिहाल यो मन त हो उत्साहित हुँदै मनको लड्डु फुटाउँदै वाउ राम्रो घर, कस्तो डिजाइनको होला, कस्तो डिजाइनको घर होला भनेर यो मन यसै उत्सुक हुँदै सोँच्न थालेँ। तर, अफसोँच मेरो त्यो पापी मनले सोँचेको त्यो सोचाँई, त्यो भावान त्यो आन्नद हुँदै भएको त्यो उत्सुकता क्षणिक मै फेल खायो। कस्तो बुद्धु है म के के सोचिरहेकी के के सोँच्न भ्याएको होला मेरो यो। पापी मन भन्दै आफ्नो मनलाई नै धिक्कार गरिदिए। तर सबैको सोँच मनका विचार, प्रश्न मेरो भन्दा धेरेै फरक रहेछ। कति अरुको जीवन बुझ्न समय खेर फालेका तिनीहरुले, कति तुलना गर्न जानेको होला। तिनीहरुले तुलनाको प्रतिष्पर्धा हुन्थ्यो भने गिनिस बुक मै छापिने तिनिहरु हुन्थ्यो होला र यो पापि मनको प्रतिष्पर्धा हुन्थ्यो भने म आफै स्वयम् प्रथम स्थान हासिल गर्थे होला ताकि मेरो यो पापि मनले के के सोचेको(राम्रो घर, राम्रो जीवन, राम्रो बुडा)…

घरमा आमाबाबुले बिहेको कुरा त खासै गर्नुहुन्थेन तर, बेला–बेलामा झट्का फेरि खाइरहन्थे। पहिले सानो–सानो टिसर्ट,स्कट, लगाउने म जे लगाउँदा नि सुहाउने आमा–बाकै प्यारि सुहाउने गुडियामा देखिने छोरी आज अब कुर्ता सुरवाल लगाउन नि सिक्नु पर्छ । छोटो लगाएर हँुदैन, सारी लगाउन सिकनु पर्छ सबै लगाउन सिक्नु पर्छ भनेर जवाफ आउन थाल्यो। के भनोै यसलाई उमेर अनुसार चल्नु पर्छ उमेर अनुसार समय अनुसार लुगा लगाउनु पर्छ भनेर सिकाएको हो कि माया गरेको हो कि के के अनेक सोँचले बाढी आउन थाल्यो। मेरो मनमा यस प्रश्नले डेरा जन्माएर बसेको छ । १९ वर्ष ११ महिना २९ दिनको हुँदासम्म परिवर्तन हुन नपर्ने मलाई ३० दिन काटेर २० ओै वर्षमा लाग्दा एक्कासि यति धेरै परिवर्तन किन हुनुपर्यो ? गत ७ महिनादेखि निरन्तर यो प्रश्नको उत्तरको खोजीमा छु । तर, मेरा लागि यो भने सधै अनउत्तरित प्रश्न बनिरहेको छ !