ताजा अपडेट »

वीर भाेग्या बशुन्धरा ! जनप्रतिनिधि सबैलाई बधाई छ !

आइतबार, १५ जेठ २०७९

"देखिस काँग्रेस-एमाले जनताले भाेट कहाँ हाले ?" याे शीर्षक २०७९ सालकाे स्थानीय निर्वाचनपछि काठमान्डुकाे मतगणना भइरहँदा बालेन शाह समर्थक युवाले लगाएकाे नारा हाे । नेपालमा गणतन्त्रका लागि दशकाैं संघर्ष गरेका, लाेकतान्त्रिक गणतन्त्रकाे सम्बर्धन गरेकाछाैं भन्ने ठूला पार्टीहरू नेपाली काँग्रेस र नेकपा एमालेलाई चर्काे आवाजमा सुनाउन युवाले भट्याएकाे नारा हाे ।

ती युवाले राजा ल्याउ भनेनन् । हिन्दू धर्मसत्ता चाहियाे भनेनन्, नेपालबाट बाहुन क्षेत्री लखेट्ने कुरा गरेनन्, जनहत्या र हिंसाकाे पक्षपाेषण गरेनन्, पृथकी राग अलापेनन् । यसबाट युवाहरू गणतन्त्रका बिपक्षमा जनमत बनाउन लागेका हाेइनन् भन्ने प्रष्ट छ । साथै युवाहरूले आजका मूल राजनीतिक शक्तिकाे नामै लिएर देखिस ! भन्नू अर्थ यस्ताे हुन सक्छ :

(क) तिमी दुइथरीले नेपाली मतदातालाई राज्यकाे कार्यकारी प्रमुख आँफैले प्रत्यक्ष निर्वाचन गर्नबाट बन्चित गरेर हाम्रा अधिकार हनन् गरेका हाै । यसलाई नसच्याउदासम्म तिमीहरूलाई दाेषी किन नभन्ने ?

(ख) जनताकाे लामाे वलीदानीपूर्ण संघर्षबाट बंशकाे एकाधिकारी सत्ता राजतन्त्र हटाए पछि पनि कानून भन्दा माथि, सम्पत्ति छानविन नहुने, भ्रष्टाचार गर्ने लाइसेन्धारी प्रधानमन्त्री, प्रधान न्यायाधिश लगायत छुटवाला श्रीपेच विनाका राजाहरूलाई कानूनका दायरामा नल्याउदासम्म तिमीहरूलाई भ्रष्ट शाशक किन नभन्नु ?

(ग) मानिसले अक्षर चिन्नु अघि चित्र- चिन्ह जानेकाे हाे । मत हिनमिना गर्ने, चपाउने च्यात्ने, लुकाउने नियतले विद्युतीय मतदानमा नजाने तिमीहरूलाई गणतन्त्रवादी कसरी बन्न सक्छाै ?

(घ) निर्वाचन आयाेगलाई स्वायत्त ढंगले निर्वाचन गर्ने अधिकार प्रत्यायाेजन नगर्नु सरकारकाे बदनियत किन हाेइन ?

(ङ) पार्टीहरूले उमेद्वार छनाेटमा नगरिकले चिनेकाे र सम्बन्धित तहका आकांक्षीहरू विचमै "याेग्यताकाे आधार खुलाई चुन्ने भन्दामाथि पठाउ भन्ने कपटी चलखेल गर्नु" गणतान्त्रिक पद्धति शैली कसरी भयाे ?

(च) उमेद्वारकाे आय विवरण र उसले गर्ने खर्चकाे बैंक मार्फत पारदर्शी हुँने प्रणाली लागू गर्ने काम किन नगरेका हाै ?

(छ) सरकार बाहिर प्रतिपक्षमा रहेका पार्टीले बहुमत पुर्याएर सरकारमा जानू स्वभाविक हुन्छ । सरकारमा बसेर प्रतिपक्षका बिरूद्ध शक्ति प्रयाेग गर्ने सँस्कृति दाेहाेरिए प्रतिष्पर्धा स्वच्छ र स्वस्थ रहला ?

(ज) माथि उल्लेख गरिएका सवालमा नसुध्रने , वि पी र पुष्पलाल मदन भन्डारीले निर्माण गरेका मूलधारहरू अघि बढाउन गैरजिम्मार भैरहने, नसच्चिने हाे भने तिमीहरूकै पछाडी लागीरहने दास हुन र मतदाता ? "देखिस काँग्रेस-एमाले जनताले भाेट कहाँ हाले ?" भन्नेकाे मुख थुनेर शासन चलाइरहन सकाैला र ?