मंसिर ४,
ग्लोबल आवाज
बुटवल । विश्व मत्स्य दिवसको अवसरमा रुपन्देहीको तिनाउ नदिमा १ लाख माछाका भुरा छोडीने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य सुपरजोन रुपन्देही, नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, रुपन्देही, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन श्रोत केन्द्र, ठुठीपिपल भैरहवा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको संयुक्त आयोजानमा मत्स्य ¥याली, अन्तरक्रिया कार्यक्रम तथा नदिमा माछाको भुरा छाडेर मनाउन लागिएको हो ।
जनचेतानमुलक ¥यालीमा मण्डल मत्स्य ह्याचरी, तिलोत्तमा न.पा.–१३, पत्थरडाँडा र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि., सियारी गा.पा.–५, बनघुसरी बाट शुरु भई तिनाउ नदी (अमवा पुल) मा अन्त्य हने छ ।
कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्धयन संस्थान, पक्लिहवा कृषि क्याम्पस भैरहवा, जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि., बनघुसरी रुपन्देही, मण्डल मत्स्य ह्याचरी, पत्थरडाँडा, रुपन्देही र जनता मा.वि., पश्चिम अमवा (प्राविधिक शिक्षालय) रुपन्देही लगायतको सहयोग रहेको छ ।
प्रतिक्रिया