ताजा अपडेट »

व्यवस्थित च्याउ ग्राम बनाउन प्रदेश सरकारले सघाउँछ : मन्त्री पौडेल

विहीबार, २८ कार्तिक २०७६

कार्तिक २८,

ग्लोबल आवाज

बुटवल । प्रदेशका विभिन्न जिल्लामा कार्यक्षेत्र विस्तार गरेको सबल च्याउ तथा कृषि उद्यमी समुह बुटवलको प्रथम बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले व्यवस्थीत च्याउ ग्राम बनाउनको लागि प्रदेश सरकारले सघाँउने बताईन् । मन्त्री पौडेले प्रदेश ५ मा व्यवसायीक च्याउ खेती गर्दै आएका किसानहरुको विचमा विशिष्ठकृत सहकारी निर्माण गर्न आग्रह गर्दै उक्त सहकारी मार्फत प्रदेश सरकारले लगानी गर्ने जानकारी दिईन् ।

उनले सहकारी मार्फत किसानहरुलाई चाहिने पुँजी, व्याजमा अनुदानको साथै च्याउको विऊ उत्पादनको लागि चाहिने उपकरण, विउ निर्माण गर्न चाहिने उपकरण तथा ढुवानीको समत साधन उपलब्ध गराउने प्रतिवद्धबता जनाईन् । कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्ती मगर(बसन्त)ले प्रदेश सरकराले किसानहरुको पक्षमा धेरै राम्रो काम गरेको बताए । उनले कही कतै एक दुई जना किसानको कारण सबै क्षेत्र नराम्रो छ भन्न नहुने भन्दै सबैको साथ र सहयोग भएमा कृषि बाट नै प्रदेश ५ सरकारले कायपलट गर्ने बताए ।

यस्तै कार्यक्रममा कृषि विकास निर्देशनालय प्रदेश ५ का बरिष्ठ अर्थ विज्ञ भिमनाथ शर्मा, बरिष्ठ किसान तथा अष्ट्रिज नेपाल प्रालिका प्रबन्ध सी.पी शर्मा, हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवलाी, च्याउ उत्पादक किसान संघ प्रदेश ५ का उपाध्यक्ष गंगाधर शर्मा, सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलका अध्यक्ष कृष्ण चौहन क्षेत्री, कृषि विकास निर्देशनालय बाली संरक्षण अधिकृत राम बहादुर खत्री लगायतले शुभकामना मन्त्वय राखेका थिए ।

सबल च्याउ तथा कृषि उद्यमी समुह रुपन्देही अध्यक्ष कृष्णराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम समुहका कोषाध्यक्ष शोभा पोखरेलको स्वागत मन्त्वय र सचिव ऋषव पोखरेलको सञ्चालनका सम्पन्न भएको हो । समुहले निकट भविश्यमा च्याउको परिकार मात्रै पाईने खाजा पसल सञ्चालन गर्ने योजना बनाएको छ । समुहले हाल रुपन्देही जिल्लाको अलवा अर्घाखाँची, पाल्पा, नवलरासी कपिलवस्तु, बर्दिया जिल्लामा समेत आफ्नो क्षेत्र विस्तार गरेको छ ।