ताजा अपडेट »

ज्ञानेन्द्र मल्ललाई प्रमको बधाई !

शुक्रबार, १५ कार्तिक २०७६

नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपि शर्मा ओलीले बधाई दिएका छन । उनले आज सामाजिक सञ्जाल टुइटर मार्फत बधाई दिएका हुन । प्रधानमन्त्री ओलीले नवनियुक्त कप्तान मल्ललाई दिएको शुभकामना यस्तो छ:

नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।