शिक्षक भनेको शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर । शाब्दिक रुपमा हेर्दा शि भनेको शिखरमा लैजाने व्यक्ति, क्ष भनेको क्षमा गर्ने व्यक्ति र क भनेको कमजोरी टाढा गर्ने व्यक्ति हो । वर्तमान समयमा शिक्षकको परिभाषामा एकरुपता हामीले पाउन सकिदैन। ब्रान्ड हेनरी भन्छन् “एउटा असल शिक्षकले आशा जगाउँछ, कल्पना उद्दिप्त गर्छ र सिकाइमा बिस्तारै प्रेम भर्छ ।” एउटा अशल शिक्षक हुनु सबैभन्दा जटिल काम हो । किनकी शिक्षकसँग आशा, आदर्श र अपेक्षा उच्च राखिएको हुन्छ ।
यसैबीच इलेनोर रुज्भेल्ट भन्छन् “सानो दिमागले सधै मानिसहरुको कुरा गर्छ । मध्यम दिमागले सधै घटनाहरुको कुरा गर्छ । महान दिमागले सधै बिचारहरुको कुरा गर्छ ।” यसकारण शिक्षक भनेको समाज परिवर्तन , रुपान्तरणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारका जनशक्ति उत्पादन गर्न सक्ने क्षमता भएको व्यक्ति हो । यसर्थ शिक्षक एउटा यस्तो व्यक्ति हो जसले आफ्ना सम्पूर्ण अधुरा चाहना आफ्ना शिष्यबाट प्राप्ती गर्ने योजना बनाएको हुन्छ । शिक्षकले आफना हरेक शिष्यलाई समान प्रकारको शिक्षा दिएको हुन्छ । शिक्षकले सबै विद्यार्र्थीलाई समान प्रकारको ज्ञान दिएको भएता पनि नेपाली समाजमा शिक्षकले यो सम्मान पाउँदैनन् । यसका लागि शिक्षकका लागि भने स्थापना गरिएका पेसागत संगन, विद्यालय प्रशाशन, अभिभावक तथा हाम्रो समुदाय नै मुख्य रुपमा जिम्मेवार रहेका छन् ।
वर्तमान समयमा विज्ञान र प्रविधिका क्षेत्रमा आएका आमूल परिवर्तनबाट सिर्जना भएका फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालको गलत प्रयोगमा वर्तमान युवा पुस्ता नराम्रोसँग फसेको कारणले गर्दा पनि नेपाली समाजमा युवा जनशक्तिबाट शिक्षक र शिक्षण पेसालाई सम्मान नगरेको पाइन्छ । शिक्षकको सम्मान नहुने देश र समाजको आर्थिक विकास तथा आर्थिक समृद्धिको गति सहि गतिमा अगाडि बढ्न सक्दैन । विश्वका धेरै विकसित देशहरुमा शिक्षकको सेवा सुविधा अन्य रोजगारीमा लागेकाको तुलनामा धेरै छ । तर, नेपालमा यसको ठीक विपरित छ । त्यसै कारणले गर्दा अधिकांश नेपाली युवाहरुको चासोको रोजगारी क्षेत्रमा यो क्षेत्र परेको छैन ।
नेपालको सन्दर्भमा शिक्षकको दायित्व आफ्नो विषयमा विद्यार्थीलाई कुनै पनि जिज्ञासाको समाधान गर्ने मात्रै रहेको छैन । हामी नेपालका शिक्षकहरु विशेषगरी शहरी क्षेत्रका माध्यमिक तहमा अध्यापन गराउनेहरु विषयवस्तुका अलावा कक्षा कोठामा भौतिक आक्रमणबाट कसरी बच्ने भन्नेमा समेत तयारी गरेर जानु पर्ने बाध्यकारी अवस्था छ । बजारमा पाइने अनेक प्रकारका अस्वस्थकर पदार्थ खाएर आएका र वास्तविक रुपमा पढ्न आएका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने पर्ने बाध्यता पनि छ ।
त्यसैगरी वर्तमान समयका कतिपय छाडा र अनैतिक अभिभावकलाई उसको सन्तानको वास्तविक अवस्था बताई र सुधारको अपेक्षा राखेमा विद्यालय प्रसाशन र अभिभावकको नजरमा काम नलाग्ने शिक्षकको उपाधि पाउने व्यवस्था छ । अन्य रोजगारीको निश्चित समय निर्धारण गरिए जस्तै शिक्षकको नी गरिएको भएता पनि विद्यार्थीले घरमा खाना खाएन, पढ्न मानेन, नुहाउन मानेन, गृर्हकार्य गर्न मानेन, मोबाइल चलायो , ट्युसनबाट ढिलो यी सबै कुरामा अभिभावकको फुर्सदको समयमा आउने प्रश्नका फोनको उत्तर जस्तोसुकै समयमा दिनु पर्ने हुन्छ । मानौं शिक्षककले चौबिसै घण्टे जागिर गरे जसरी । उसको नी परिवार हुन्छ, आफन्त हुन्छन्, व्यक्तिगत काम हुन्छन् , बिरामी पर्दछन् । यतातर्फ कसैको चासो छैन । त्यसैगरी विद्यालयमा पनि दमनमा पर्ने भनेकै शिक्षक नै हुन् । वर्तमान समयमा आएको सिकारुमैत्री वातावरणको गलत प्रयोग सिकारुबाट भएकोले शिक्षक नै प्रताडित भएका छन्।
विशेषगरी कोभिड–१९ का कारणले नेपाली शिक्षण संस्थामा काम गर्ने जनशक्तिको सामाजिक स्तरमा पनि गिरावट आएको छ । विगतमा सामाजिक स्तर राम्रो भएका शिक्षकहरुले आफ्नै छिमेकीबाट समेत अभ्रद व्यबहारको सामना गरिरहेका छन् । नेपाली समाजमा व्यक्तिको इज्जत उसको मानसिक क्षमतामा नभई आर्थिक क्षमतामा जाँच्ने पद्धति हावी भएकोले पनि शिक्षकको सामाजिक जीवनमा प्रभाव परेको हो ।
कोरोना महामारीको फैलाबट विश्वव्यापी भए पछिका मेडिकल विज्ञानका अध्ययन अनुसन्धानहरुले विश्व बजारमा अहिले मानसिक रोगका बिरामीको संख्यामा उल्लेखिय वृद्धि आएको छ । पछिल्लो समयमा वृद्धि भएका मानसिक रोगीहरुमा ७० प्रतिशत भन्दा बढी मध्यम आय वर्गिय परिवारका छन् । मध्यम वर्गिय परिवारमा आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नले गर्दा मानसिक तनाब बढेको छ । नेपालको मध्य आय वर्गीय परिवारको परिभाषा भित्र शिक्षकहरु पनि समावेस गरिन्छ ।
नेपालमा अहिले कोभिडको तेस्रो लहर चलिरहेको छ । जसका कारणले गर्दा सबै शिक्षण सस्थामा भौतिक उपस्थितीमा गरिने पठन पाठनका कार्यहरुलाई वैकल्पिक पद्धतीमा सञ्चालन गरिएका छन् । वैकल्पिक शिक्षण सिकाई कार्यको माध्यममा अनलाइन कलासलाई लिएको छ । यसमा पनि इन्टरनेट सेवा प्रदायकको गलत मनसाय र विद्युतको अनियमित आप्रवाहले गर्दा शिक्षण पेसा नेपालमा बदनाम भएको छ । अनलाईन पढाईरहेको समयमा एक्कासी इन्टरनेट जान्छ अनि त्यही इन्टरनेट बेचेको कम्पनीको मालिकले नै मेरा छोराछोरीले पढाउदा पढाउदै सरले पढाउन छोडेर भागो भनेर विद्यालयमा सिकायत टिपाउँछ । यी र यस्तै अरुबाट सिर्जना गरिने समस्याका कारणले गर्दा वर्तमान समयमा नेपालका शिक्षकहरु बिचरा बनेका छन् ।
शिक्षण एउटा यस्तो प्रवित्र पेसा हो जसले आफ्नो लागी भन्दा आफ्ना शिष्यको लागी बढि योगदान गरेको हुन्छ । शिक्षक ज्ञानको उत्पादक भएता पनि यसले आफ्ना उपभोक्ताको जीवन स्तरलाई माथि उठाउने महान लक्ष्य राखेको हुन्छ । संसारमा रहेका हरेक पेसाको आ-आफ्नै योगदान रहेको छ । जसमध्ये यि सबै पेसाका लागी योग्य जनशक्ति उत्पादन गर्ने कार्य शिक्षकको प्रत्यक्ष सहभागिता बिना सम्भव छैन । प्रत्येक व्यक्तिमा निहित अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्ने काम विश्वका अन्य पेसाले गर्न सक्दैन । यस्तो अदभुत क्षमता शिक्षकमा रहने भएता पनि वर्तमान समयमा नेपाली विद्यालय प्रशाशन, सरकार तथा अभिभावकका कारणले गर्दा विद्यालयमा अध्ययन गराउने अधिकाशं शिक्षकले यो आफ्नो विगतको महाभूल भनेर स्विकार गरेका छन ।
प्रतिक्रिया