सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईँको बुद्वको मूर्ति निर्माण गरिने भएको छ ।
पाँचपाेखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागकाे ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो । एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्ने छन् ।
ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाचँपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडा लगायत पर्यटकीय स्थलको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।
मूर्ति दुई वर्षसम्म निर्माण गरिनेछ । ढुंगामा मूर्ति कोर्न मात्रै २ करोड लाग्ने आँकलन गरिएकाे लामाले बताए । ८० फिटको मूर्ति वरपर कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहने छन् ।
मूर्तिको शनिबार एमाले नेता शेरबहादुर तामाङले शिलान्यास गरेका हुन् । - न्युज कारखाना
प्रतिक्रिया