मानिस एक सजीव प्राणी हो । जसका कारणले गर्दा विभिन्न प्रयोजनका लागि उसले आफ्नो बसोवासमा परिवर्तन गर्दछ । यसरी घुमफिर गर्ने क्रममा मानिस देशभित्र तथा बाहिर आफ्ना उद्देश्य र इच्छा पूरा गर्ने आवश्यकता रहने गर्दछन् ।मानिस स्वभावैले एक ठाउँमा मात्र बसोवास गर्ने प्राणी होइन । प्राचीन कालबाट नै मानिस एक ठाउँबाट अर्को ठाउँमा सर्दै हिँड्ने गर्दथ्यो ।
वर्तमानमा यो क्रम तिव्र गतिमा बढ्दो छ । मानिसहरू मात्र नभई अन्य जीवजन्तुहरू पनि आफ्नो आवश्यकता अनुरूप एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । आफ्ना विभिन्न इच्छा र आकाङ्क्षाहरू पूरा गर्ने क्रममा मानिसहरू बसोवासका ठाउँहरू परिवर्तन गरिरहन्छन् । यसरी मानिसले आफ्नो आवश्यकता परि पूर्ति गर्नको लागि गरिने बासस्थान परिवर्तनलाई बसाइसराइ भनिन्छ । मानिसका हिजोका आवश्यकताहरू भिन्नै थिए । हिजा ऊ खानपान, तथा आवासका लागि एक ठाउँबाट अर्को ठाउँमा सथ्र्यो । आज उसका आवश्यकताहरू फेरिएका छन् । त्यसैले बसाइँसराइ पनि फारक कारणले हुने गरेको पाइन्छ ।
कारण जेहोस्, बसाइँसराइ हिजो पनि थियो र आज पनि छ । बसाइ सराइ एक ठाउँबाट अर्को ठाउँमा हुने मानिसहरूको भौगोलिक गति हो । निश्चित समय अवधिमा निश्चित भौगोलिक वा प्रशासनिक एकाइबाट अर्को भौगोलिक क्षेत्रमा बसोवास गर्नको लागि बासस्थान परिवर्तन गर्ने कार्यलाई बसाइ सराइ भनिन्छ । नेपालको सन्दर्भमा पनि मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा विभिन्न प्रयोजनका लागि बसाइ सराइ सर्ने गर्दछन् । खासगरी नेपालको बसाइ सराइको प्रवृत्ति हिमालबाट तराई र सहर, पहाडबाट तराई र सहर वा गाउँबाट सहरतिर सर्ने रहेको छ । वर्तमान समयमा नेपालमा जनगणना चलिरहेको छ। जसबाट आउने नतिजाले पहाड र तराई बीचको जसंख्यामा व्यापक अन्तर देखाउनेछ । जसको मुख्य कारण अव्यवस्थीत बसाइ सराइ नै हो । यसका कारणबाट मानिससँग सम्बन्ध राख्ने आर्थिक, सामाजिक राजनीतिक, सांस्कृतिक जस्ता विविध मानवीय क्षेत्रहरूमा बसाइँसराइले प्रभाव पार्दछ । बसाइ“सराइले प्रभाव पार्ने विभिन्न क्षेत्रहरूको बारेमा यहाँ चर्चा गरिन्छः
आर्थिक प्रभाव
बसाइँसाराइको आर्थिक प्रभाव भन्नाले बसाइँसराइबाट मानिसको आर्थिक गतिविधिमा हुने परिवर्तनलाई बुझ्न सकिन्छ । मानिस एक ठाउँबाट अर्को ठाउँमा जाने आउने गर्दा त्यस ठाउँमा हुने रोजगार, व्यापार तथा आयआर्जनका कार्यहरू प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावित हुन्छन् । जसले गर्दा मानिसको जीवनशैलीका साथै आर्थिक अवस्थामा परिवर्तन हुन्छ । व्यक्तिगत र राष्ट्रिय रूपमा हुने आर्थिक परिवर्तनले विकास निर्माणका कार्यहरू साथै विभिन्न सेवा सुविधामा पनि परिवर्तन हुने गर्दछ । नेपालको सन्दर्भमा बसाइ सराइले मानिसको आर्थिक जीवनमा परिवर्तन ल्याएको पाइन्छ । नेपालमा आन्तरिक रूपमा हुने बसाइ सराइ खासगरी गाउँबाट सहरतर्फ, र हिमालबाट सहर वा तराईतर्फ उन्मुख देखिन्छ । बसाइँसराइ जीविकोपार्जन र आयआर्जनका लागि हुने गरेको पाइन्छ ।
सहरमा आम्दानीमूलक कार्यहरू बढी हुनुका साथै रोजगारीका अवसरहरू धेरै हुने हुनाले आर्थिक समुन्नतिका लागि मानिसले स्थायी वा अस्थायी बसोवास गर्ने गरी बसाइ“सराइ गरेको पाइन्छ । अन्तर्राष्ट्रिय रूपमा हुने गरेको बसाइँसराइले मानिसको व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रलाई ठुलो टेवा मिलेको छ । नेपालमा रोजगारीका अवसरहरू कम भएका कारण नेपालीहरू आफ्नो सिप तथा क्षमताका आधारमा विश्वका विभिन्न देशहरूमा आर्थिक उपार्जन वा रोजगारीका लागि जाने आउने कार्य भइरहेको छ । जसको कारण उनीहरूको व्यक्तिगत तथा पारिवारिक आर्थिक अवस्थामा परिवर्तन आएको छ भने रेमिट्यान्सको कारण राष्ट्रिय आम्दानीमा वृद्धि भएको छ । बाह्य बसाइँसराइले देशको आर्थिक विकासमा ठुलो टेवा पु¥याउको छ । देशको कुल गार्हस्थ उत्पादनमा वैदेशिक श्रम वा रोजगारीले महइभ्वपूर्ण योगदान दिएको छ । यसरी हेर्दा बसाइँसराइले अर्थतन्त्रमा विशेष प्रभाव पार्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
सामाजिक प्रभाव
समाजलाई विविधता प्रदान गर्ने एउटा मुख्य कारक तइभ्व बसाइ“सराइ पनि हो । मानिस एक ठाउँबाट अर्को ठाउँमा बसाइ सराइ गर्दा ऊ आपूm मात्र नगई ऊसँगै उसको धर्म, संस्कृति, परम्परा भूषा तथा अन्य गुणहरू पनि सँगसँगै सर्ने गर्दछन् । यसका कारण गन्तव्य स्थलमा यस्ता कुराहरू पुग्छन् र स्थापित हुन्छन् । यसबाट मिश्रित समाजको विकास हुन्छ । मानिसले नयाँ ठाउँ तथा परिवेशसँग परिचित हुनुका साथै सामाजिक मूल्य मान्यता, रीतिरिवाज, सामाजिक गतिविधि आदिको अध्ययन गर्ने र सिक्ने अवसर प्राप्त गर्दछ । बसाइ सराइका क्रममा मानिसले सिप र क्षमतालाई पनि आफूसँगै लगेको हुन्छ ।
यसले सामाजिक परिवेशलाई बदल्न सक्दछ । जसको कारण सामाजिक रूपान्तरण वा परिवर्तनमा ठुलो मद्दत पुग्दछ । समाजमा हुने विविध गतिविधिमा सामाजिक चासो र सहयात्रा बढ्ने गर्दछ र समाजलाई गतिशील बनाई राम्रोसँग अगाडि बढाउन सकिन्छ । मानिसको बसोवासको चाप बढ्दै गर्दा यसले नकारात्मक प्रभाव पनि पार्ने हुन्छ । समाजमा विभिन्न मनसाय बोकेका मानिसहरूको आवतजावतले यसमा हुने विविधताका कारण मानसिकता तथा व्यवहारमा पनि विविधता हुन सक्दछ । जसको परिणाम स्वरूप सामाजिक विकृतिहरू पनि मौलाउन सक्दछन् र सामाजिक सन्तुलनमा खलल पुग्न सक्दछ । यसलाई बसाइ“सराइको सामाजिक रूपमा हुने नकारात्मक प्रभाव भनिन्छ ।
सांस्कृतिक प्रभाव
मानिसका पहिचानका रूपमा भाषा, साहित्य, धर्म, संस्कृति, रीतिरिवाज, चालचलन तथा चालचलन हुन्छन् । जसले मानिसको जीवनलाई चलायमान बनाइराख्नुका साथै जीवनलाई सार्थक बनाएको हुन्छ । समाजमा विविधता हुन्छ । यसभित्र मानिसका सांस्कृतिक गतिविधिहरूले फुल्ने र फल्ने अवसर पाउँछन् । नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भएकाले यहाँको समाजमा विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरू बसोवास गर्दछन् ।
बसाइ“सराइले मानिसहरू बिच संस्कृतिको आदानप्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसर्थ बसाइँसराइबाट संस्कृतिमा प्रभाव पर्दछ । फरक संस्कृतिका मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सर्दा आफूसँगै बोकेर गएको संस्कृति नयाँ ठाउँमा पु¥याउँछ । मानवको उत्पत्तिदेखि नै बसाइँसराइ क्रमिक प्रक्रियाको रूपमा चलिरहेको छ । प्राचीन कालमा लामो दूरीको बसाइँसराइ खासै थिएन । वर्तमान समयमा भने यातायातका साधनहरूका कारण लामोदूरीको बसाइँसराइ अधिक पाइन्छ । यसरी हुने बसाइँसराइमा संस्कृतिको प्रसार टाढाटाढा सम्म हुन्छ । आज विश्वको एउटा कुनाको संस्कृति अर्को कुनामा पुग्न थालेको छ । एक देशको भाषा अर्को देशमा बोलचाल मात्र नभएर पठन पाठनसमेत हुन थालेको छ । यसरी हेर्दा बसाइँसराइले संस्कृतिमा पार्ने प्रभावको बारेमा स्पष्ट हुन सकिन्छ ।
राजनीतिक प्रभाव
मानवीय समाजभित्र विभिन्न आस्था र विचार भएका मानिसहरूको बसोवास रहेको हुन्छ । जसले सामाजिक तथा राजनीतिक गतिविधिहरूसँग सम्बन्ध स्थापित गरेको हुन्छ । मानिसमा हुने राजनीतिक चेतनाका कारण समाजलाई गतिशील बनाउन मदत पुग्दछ । फरक राजनीतिक विचारको विकास तथा नयाँ विचार धाराको आगमनका क्रममा विभिन्न प्रकारका राजनीतिक गतिविधिहरू सञ्चालन हुन्छन् । समाजमा यही कारण राजनीतिक परिवर्तन पनि हुने गर्छ । राजनीतिक अवस्था र परिस्थितिले मानिसको जीवनसँग सम्बन्ध राख्छ । मानिस समान राजनीतिक चेतना भएका मानिसहरूसँगै बस्न रुचाउने स्वभावका पनि हुन्छन् र बसाइँसराइ गर्छन् । फरक ठाउँबाट बसाइँसराइ गरेर आएका मानिसहरूसँगको सम्पर्कले नयाँ ठाउँका मानिसहरूमा राजनीतिक चेतना बढाउँछ । यसर्थ यो भन्न सकिन्छ कि बसाइँसराइले राजनीतिक प्रभाव पार्दछ ।
वातावरणीय प्रभाव
मानिसको जीवन र वातावरण बिच गाढा सम्बन्ध रहेको हुन्छ । भनिन्छ, अनुकूल वातावरणविना मानिसको जीवन ज्यादै कठिन हुन्छ । वातावरण मानिसका लागि बाँच्ने आधार हो । वातावरणले मानिसको दैनिकी, स्वास्थ्य तथा जीवनशैलीमा प्रभाव पार्दछ । वातावरणीय तत्वहरूबाट मानिसले आफ्ना आवश्यकताहरू परिपूर्ति गर्दछ । यसै कारणले मानिस आफ्नो अनुकूल वातावरणको खोजीमा भौँतारिरहेको हुन्छ । उचित तथा सन्तुलित वातावरणमा रमाउने मानिसकै कारण वातावरणीय विनाश पनि हुन्छ ।
बसाइँसराइका क्रममा मानिसले वातावरणीय सन्तुलनमा असर पुग्ने काम गर्न सक्छ । कुनै क्षेत्रमा जनघनत्व बढ्दा उक्त क्षेत्रको वातावरणमा पनि प्रभाव पर्दछ । प्रदूषणमा वृद्धि, प्राकृतिकस्रोत र साधनको चरम प्रयोग, सामाजिक तथा सांस्कृतिक वातावरणको विनाश जस्ता प्रभावहरू बसाइँसराइका कारण उत्पन्न हुन्छन् ।
प्रतिक्रिया