ताजा अपडेट »

दशै बिदामा पनि मन्त्री भट्टराई काममै व्यस्त, निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निरिक्षण ।

सोमबार, २० असोज २०७६

भैरहवा– आश्बिन, २०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली हरुको महान पर्व दशैंमा समेत निर्माणधिन अन्तर्रा्ष्ट्रिय गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेका छन् । देशकै पहिलो प्राथमिकतामा रहेको भैरहवास्थित निर्माणधिन विमानस्थलको कामको प्रगति र आगामी कार्ययोजनाको बारेमा मन्त्रीसहितको टोलीले जानकारी लिइएका हुन् ।
मन्त्री भट्टराईसहित नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदिप अधिकारी आइसीपी–२का प्रोजेक्ट म्यानेजर प्रविण न्यौपानेसहितको टोलीले स्थलगत निरीक्षण गरेका हुन । आयोजनाको हाल सम्मको प्रगति र समस्याको बारेमा आयोजना प्रमुख प्रवेश अधिकारीले मन्त्रीलाई जानकारी गराएका थिए ।

मुलुकको प्रतिष्ठासँग जोडिएको यो अन्तराष्ट्रिय विमानस्थल डिसेम्बर भित्रै सम्पन्न गर्न आयोजना लागिपरेको छ । आयोजनाको काम अन्तिम अवस्थामा पुग्दै गर्दा नयाँ–नयाँ समस्याहरू आउने भएकोले ति समस्यालाई हल गर्दै कुनै पनि हालतमा डिसेम्बर अघि सम्पन्न गरी नेपाल भ्रमण बर्षको पहिलो त्रैमासिक भित्र प्लाइट सुरु गर्नपर्नेछ । आगामी कार्ययोजनाका बारेमा छलफल गरी समय तालिकासहितको योजना निर्माण गर्न मन्त्रीले निर्देशन दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

‘आयोजना समयमा नै सम्पन्न गर्न काम निरन्तर भइरहेको छ, पर्वको समय भए पनि लगातार काम गरिरहेका छौँ । मेजर काम डिसेम्बर भित्र सम्पन्न गरी २०२०को पहिलो ३ महिना भित्र टेष्ट प्लाइट गरी निरन्तर संचालन गर्ने तर्फ हामी अघि बढेका छौँ ।’ आयोजना प्रमुख अधिकारीले बताए ।
‘मन्त्री ज्यूको करिब ५ घण्टा विमानस्थलको अनुगमन र निरीक्षणपछि विमानस्थल समयमै सञ्चालन बारे गहन छलफल भएको र पछिल्लो समस्याको बारेमा हामीले जानकारी मन्त्रि ज्यूलाई अवगत गराएका छौँ, आउने समस्याहरुको समाधान हुन्छ भन्ने प्रतिवद्धता मन्त्रि ज्यूले जनाउनु भएको छ ।’ अधिकारीले भने । बिशेष गरि आईसीपी–०२ अन्र्तगत बिभिन्न उपकरणहरु आयात गर्दा हुने समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा गम्भिर छलफल भएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताएका छन ।

अबको अधिकांस काम प्रविधिक र इलेक्ट्रो मेकानिकल भएकोले छिटपुट र साना स्ट्रक्चरल काम मात्र बाँकी छन् । नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक रुपमा निर्माण हुँदैछ ।
मन्त्री भट्टराईले विमानस्थलको साथ साथै आजै लुम्बिनीमा बनिरहेको अन्तराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको पनि निरीक्षण गरेका थिए। आउने बुद्ध जयन्तीमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको उक्त हलमा ५ हजार मानिसले एकै साथ मेडिटेशन गर्न सक्नेछन ।

स्रोतः # नागरिक न्यूज