ताजा अपडेट »

म्याग्दीका कलमी सुन्तला बजारमा

विहीबार, ११ कार्तिक २०७८
1 Shares

गलेश्वर । म्याग्दीको बाँस्कुना गाउँमा उत्पादन गरिएको कलमी सुन्तला बजारमा आएको छ । म्याग्दीको बेनी नगरपालिका–४बास्कुना गाउँको सुन्तला बगैँचामा यतिबेला कलमी सुन्तला खरिद गर्न व्यापारी आउने क्रम सुरु भएको त्यहाँका अगुवा किसान तिलक गुरुङले बताए । उनका अनुसार किसानले बोटबाट नै प्रतिकिलोग्राम रु ६५ मा सुन्तला बिक्री गरिरहेका छन् । सुन्तला उत्पादनको मौसम आगाडि नै बास्कुनाका केही किसानले बजारमा ताजा सुन्तला बिक्री गर्ने उद्देश्यले कलमी गरिएको १८ सय केजी सुन्तला सदरमुकाम बेनी, पोखरा, काठमाडौँ लगायतका बजारमा बिक्री गरेका छन् ।

बजारमा अत्याधिक माग रहेको सुन्तलाको सिजन आगाडि र्नै उत्पादनमा जोड दिएको किसानले प्रतिकिलोग्राम रु ९५ देखि एक सयसम्म पर्ने गरी बजारमा बिक्री गरेको सुन्तला किसान सन्दिप केसीले बताए। बास्कुनाबाट केसीसहित अगुवा किसान भीम थापा, रुपा गुरुङ, दलबहादुर कार्की, तिलक गुरुङलगायतको बगैँचाबाट कलमी सुन्तला बिक्री भइरहेको छ । कलमी सुन्तला पोखरामा प्रति किलोग्राम रु १५० र काठमाडौँमा रु १८० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । -रासस