भदौ १०,
ग्लोबल आवाज
भैरहवा । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो) लुुम्बिनी प्रदेश ५ मा नयाँ तथा पहिलो नेतृत्व चयन भएको छ । जसको अध्यक्षमा पर्यटन व्यवसायी सञ्जय बजिमय चयन भएका छन् भने उपाध्यक्षमा लिलामणी शर्मा चयन भएका छन् । त्यसैगरी महासचिवमा दुर्गा प्रसाद भण्डारी,सचिवमा अमृत पौद्धार,कोषाध्यक्षमा उमा शंकर मिश्र र सह–कोषाध्यक्षमा रवि मद्धेशिया चयन भएका छन् ।
१३ सदस्यीय कार्य समिति अन्गर्तत गठित समितिमा विक्रम गुुरुङ, पूूर्ण प्रसाद पोखरेल ,दिपिका , कार्की, दिनेश मल्ल,गोपाल श्रेष्ठ ,गोपाल अग्रवाल र शम्भु भण्डारी सदस्यमा चयन भएका छन् । नव गठित समितिले ८ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । संस्थापक समितिले पदस्थापन कार्यक्रम समेत गरिसकेको छ।
सो अवसरमा संघले नेपाल-भारत सिमा बेलहिया लगाएत क्षेत्रमा पर्यटन मैत्री वातावरण बनाई पर्यटनमा टेवा तथा प्रवद्र्धनलाई निरन्तरता दिर्ने निर्णय गरेको छ । साथै जारी लुम्बिनी भ्रमण वर्ष र आगामी भ्रमण वर्ष २०२०मा पर्यटन लक्षित विभिन्न कार्यक्रम गर्नुका साथै आयोजकसँग सहकार्य गर्ने महासचिव भण्डारीले जानकारी गराए ।
प्रतिक्रिया