ताजा अपडेट »

तिलोत्तमाको शान्तिचोकमा कफी हब,गोभिन पुनको सांगीतिक प्रस्तुती रहने

मंगलबार, ०१ भदौ २०७८

बुटवल । तिलोत्तमा–३ योगीकुटी,शान्तिचोकमा ‘द कफी हब’ को शुभारम्भ भएको छ । सो क्षेत्रका कफी पारखीहरुलाई लक्षित गरी सञ्चालनमा आएको कफी हबको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको हो । कफी हबको होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ,रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम,भ्वाइस अफ नेपाल–३ का फाइनलिष्ट गोभिन पुन र सञ्चालक शर्मिला गलामी लामटाङ्गे ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै होटल तथा रेष्टूरेण्ट व्यवसायी संघका अध्यक्ष गौतमले दुई वर्षदेखि होटल व्यवसायी धरासायी हुँदै आएको बताउँदै सम्भावना भने रहेको बताए । उनले भने ‘ महामारीका कारण २ वर्षदेखि होटल तथा रेष्टूरेण्टहरु निकै प्रभावित छन् । तर, पर्यटन क्षेत्रका सम्भावनाहरु भने धेरै छन् । यस दौराना पनि धेरै होटल,रेष्टूरेण्ट एवम् क्याफेहरु सञ्चालनमा आउँदै छन् । यहाँहरुले सञ्चालनमा ल्याएको यो कफी हब यहाँ आवश्यकता थियो,सफलताको कामना गर्दै हाम्रा व्यवसायीलाई केहि दिनमा खोपको व्यवस्था गरेको जानकारी गराउँदछु ।’

कफी हबको उद्घाटन गर्दै भ्वाइस अफ नेपाल–३ का फाइनलिष्ट गोभिन पुनले युवा पुस्तालई हबले आकर्षण गर्ने बताए । उनले भने ‘लामो समय यस क्षेत्रमा अनुभव समेटेका सञ्चालक हुनुहुन्छ । विशेषगरी कफि हबमा युवाहरुको अकार्षण छ र , यहाँ पनि हुने छ ।

कफी हबमा विभिन्न किसिमका कफीहरु लगाएत केक,बेकरी र कन्फेक्सनरीका परिकारहरु उपलब्ध हुने हबका प्रबन्ध निर्देशक तिरास लामटाङ्गे मगरले बताए । लामटाङ्गे विगत १० वर्षदेखि हस्पिटलिटिका क्षेत्रमा आवद्ध छन्। चाइना र हङ्गकङ्गबाट होटल म्यानेजमेण्ट अध्ययन गरेका उनले नेपालका प्रतिष्ठित सोल्टी क्राउन,रेडिशन लगाएतका होटलहरुमा काम गरेको अनुभव छ ।

कफी हबमा भ्वाइस अफ नेपालका फाइनलिष्ट गोभिन पुनको सांगीतिक प्रस्तुती रहने र कफि सम्बन्धी तालिम तथा प्रशिक्षण पनि हुने प्रबन्ध निर्देशक तिरास लामटाङ्गेले बताए । हबमा करिब ३५ लाख लगानी रहेको र आगामी दिनमा विस्तार गर्दै अगाडि बढ्ने बताए ।

उद्घाटन समारोह कफी हबकी सञ्चालिका शर्मिला गलामी लामटाङ्गेको अध्यक्षता,होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ ,रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यता,पत्रकार महासंघ,रुपन्देहीका निवर्तमान सचिव रामप्रसाद आचार्य र प्रध्यापक तथा लेखक माधवकुमार पौडेलको विशिष्ट आतिथ्यता र लेखक हुमराज भुसालको सञ्चालनमा भएको छ ।