ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल सिद्धार्थद्वारा आम्दा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

विहीबार, १७ असार २०७८

बुटवल । रुपन्देहीको बुुटवलमा रहेको आम्दा नेपाल सिद्धार्थ बालबालीका तथा महिला अस्पताललले कोभिडबाट कलिला तथा बालबालीकालाई तेश्रो भेरीयन्टबाट बचाउनका लागी पुुर्ब तयारी थालेको अस्पतालका सुुपरीटेन्डेन्ड डा राजेन्द्र बस्यालले बताए । अब आउने भेरीयन्ट बालबालीकालाई बढी प्रभाब पार्ने चर्चा चलीरहेका बेलामा यस अस्पतालले महिला तथा बालबालीकालाई प्राथमीकतामा राखेको बताए ।

२०० जनाको सैया सहीतको बिषेस कोभिड क्याबीन बनाउने काम भईरहेको बसयलले बताए । लायन्स क्लब अब बुटवल सिद्धार्थ वर्ष २०२०/२१ ले आम्दा नेपाललाई विभिन्न स्वास्थ्य उपकरण प्रदान गर्ने कार्यक्रममा डा बस्यालले सो कुुरा बताए । कार्यक्रमा लायन्स अध्यक्ष श्रीकान्त सुुबेदीले स्वास्थ्य क्षेत्रमा काम गर्न सहजता प्रदान गर्न सामग्री प्रदान गरेको र क्लबले सकेसम्म आगामी दिनमा पनी सहयोग गर्ने बताउँदै आफ्नो कार्यकालमा अत्याधिक सामाजिक सेवामा सहयोग गरेको बताए ।

सो स्वास्थ्य सामग्री बितरणमा फस्ट भिपी भोजराज पोख्रेल अस्पतालका भुुतपुुर्ब मेसुु केशब शर्मा, अस्पतालका प्रशासक ध्रुुब प्रशाद श्रेष्ठ, लायन्स क्लब अफ बुुटवल सिद्धार्थका पदाधिकारी साथै अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीको समेत उपस्थीती रहेको थियो । करीब १ लाख बराबरको स्वास्थ्य सामग्री कार्यक्रममा हस्तानतरण गरिएको हो । कार्यक्रम लायन्स मेमबर दिनेश सुुबेदीको संचालन तथा अध्यक्ष श्रीकान्त सुुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।